होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बलात्कारको आरोपमा पप गायक क्रिश वु पक्राउ
मनोरञ्जन

बलात्कारको आरोपमा पप गायक क्रिश वु पक्राउ

  • नागरिक रैबार
बलात्कारको आरोपमा पप गायक क्रिश वु पक्राउ

चिनिया प्रहरीले चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । वुमाथि एक १९ बर्षिया एक विद्यार्थीले केही दिन अघि मात्र २ बर्ष अगाडि आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । चिनियाँ–क्यानडेली यी लोकप्रिय गायकमाथि अन्य दुई दर्जन महिलाहरुले अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन् । तर, गायक वुले सबै आरोप अस्विकार गरेका छन् ।

एक दर्जन भन्दा बढी विश्व प्रतिष्ठित ब्रान्डहरुले यो घटना सार्वजनिक भएसँगै वुसँगको व्यापारिक संझौता अन्त्य भएको घोषणा समेत गरेका छन् ।

 

विज्ञापन

वुलाई आरोप लगाएकी विद्यार्थीले सामाजिक संजालमार्फत घटना सार्वजनिक गर्दै वुको घरमा आयोजना भएको पार्टीमा आफूलाई बोलाइएको बताएकी छिन् । उनले, आफूलाई मदिरा सेवन गर्न दबाब दिइएको र आफू बिहान उठ्दा वुको विस्तारामा रहेको उल्लेख गरेकी छिन् ।

तर, गायक वुलेले भने ती विद्यार्थीले मदिरा सेवन गरेको अस्विकार गरेका छन् । आफूले लोभ देखाएर कसैसँग पनि यौन सम्बन्ध नराखेको, अर्धचेत यूवतीलाई बलात्कार नगरेको र नाबालिकासँग यौन सम्बन्ध नराखेको पनि बयान दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘हामीविचमा यौन सम्बन्ध भएको थिएन । उनी नाबालिग पनि थिइनन् ।’

वुले घटना पुष्टी भएको खण्डमा आफू जेल जान तयार रहेको बताएका छन् । सन् २०१८ मा विश्वमै चर्चित बनोको ‘मी टू’ अभियानका कारण यो घटना सार्वजनिक भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार