होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • के नागा र सामन्था डिभोर्स गर्दैछन् ?
बलिउड/हलिउड

के नागा र सामन्था डिभोर्स गर्दैछन् ?

  • नागरिक रैबार
के नागा र सामन्था डिभोर्स गर्दैछन् ?

विगत केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनेनीको बिच डिभोर्सको चर्चा चलिरहेको छ । उनीहरुले, डिभोर्स गर्ने प्रक्रिया अगाडि बढाएको र अदालतमा मुद्दा दर्ता गरिसकेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मिडियाका अनुसार, ३ महिनाभित्र उनीहरुविच डिभोर्स हुनेछ र सामन्थार्लाइ अलग भएपछि गुजारा भत्ता स्वरुप ५० करोड मिल्ने उल्लेख छ ।

तर, यो बिषयमा सामाजिक संजालमा शुभचिन्तकले सोधेको प्रश्नमा सामन्थाले जावफ दिएकी छिन् । डिभोर्सपछि सामन्था हैदराबादबाट मुम्बई सिफ्ट हुन लागेको खबर समेत सार्वजनिक भएको छ । डिभोर्स र मुम्बई सिफ्ट हुन लागेको बिषयमा सामन्थाले लेखेकी छिन्–‘यस्ता किसिमका सयौं गलत खबर कहाँबाट उडिरहेको छ मलाई केही पनि थाहा छैन । म मुम्बई सिफ्ट हुन लागेको खबर गलत हो । हैदराबाद मेरो घर हो र म यही नै रहनेछु । हैदराबादले मलाई सबै कुरा दिएको छ । यसैले, यहाँ म खुशीले बस्न सक्छु ।’

विज्ञापन

केही समय अगाडि पत्नी सामन्थासँग डिभोर्सको बिषयमा नागा चैतन्यले जवाफ दिदै यस्ता खालका खबरले असर पर्ने उल्लेख गरेका थिए । उनले, आफूले करिअरको सुरुवातदेखि नै व्यक्तिगत र व्यवसायिक जीवनलाई फरक तरिकाले हेरेको भन्दै यी सबै कुरालाई निरन्तरता दिने बताएका छन् ।

सन् २०१७ मा गोवामा नागा र सामन्थाले बिहे गरेका थिए । उनीहरुको बिहेमा १० करोड खर्च भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार