होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • बबी र करणसँग मिलेर फिल्म बनाउँदै छन् सनी देओल
बलिउड/हलिउड

बबी र करणसँग मिलेर फिल्म बनाउँदै छन् सनी देओल

  • नागरिक रैबार
बबी र करणसँग मिलेर फिल्म बनाउँदै छन् सनी देओल

मुम्बई – सनी देओलले आफ्ना छोरा करण देओललाई फिल्ममा मौका दिने योजना बनाइरहेका छन् । यसअघि करणको अभिनय रहेको फिल्म ‘पल पल दिल के पास’ नराम्रोसँग असफल भएको थियो ।

सनी एक स्क्रिप्टको खोजीमा थिए, जुन फिल्मको कथा दमदार होस् । अब भने बलिउडमा चर्चा चल्न थालेको छ कि, सनीले आफ्नो छोराका लागि एक दमदार स्क्रिप्ट भेट्याएका छन् ।

सनीले चाँडै नै करणलाई अनुबन्ध गरेर नयाँ फिल्मको घोषणा गर्न गइरहेका छन् ।यति मात्र होइन, फिल्ममा सनीका भाइ बबी देओलको पनि अभिनय रहनेछ । पछिल्लो समय बबी देओलले ओटीटीमा दर्शकको ध्यान खिच्न सफल भएका छन् ।

विज्ञापन

करण र बबीको अभिनय रहने फिल्मलाई सनी देओलले निर्देशन गर्नेछन् । यसअघि करणको पहिलो फिल्म पनि सनीले नै निर्देशन गरेका थिए । सनीको निर्देशनको आलोचना समेत भएको थियो । यद्यपि दोस्रो प्रोजेक्टमा पनि सनी आफै निर्देशक रहने तयारी थालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार