होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ‘कुुली नम्बर वान’ को ट्रेलर सार्वजनिक
बलिउड/हलिउड

‘कुुली नम्बर वान’ को ट्रेलर सार्वजनिक

  • नागरिक रैबार
‘कुुली नम्बर वान’ को ट्रेलर सार्वजनिक

वरुण धवन र सारा अली खान अभिनित फिल्म कुली नम्बर वानको ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर कमेडीले भरिपूर्ण छ । ट्रेलरमा वरुण धवन अलग–अलग चरित्रमा देखिएका छन् । त्यस्तै, सारा अली खानको कमेडी र क्युटनेस दुुबै उत्कृष्ट देखिएको छ ।

ट्रेलर हेरेपछि निर्देशक डेभिन धवनले फिल्मलाई मनोरञ्जनात्मक बनाउन कुनै कसर बाँकी राखेका छैनन् भन्ने स्पष्ट हुन्छ । फिल्ममा परेश रावलले सारा अली खानका बाबुको भूमिका निभाएका छन् । त्यस्तै, जोनी लिवरको कमेडीले पनि निकै हसाउँछ ।

यो फिल्म १ मेईमै सिनेमा घरमा रिलिज हुने तय थियो, तर कोरोना भाइरसका कारण रिलिज मिति स¥यो । यद्यपी, अब फिल्म निर्माताले ओटीटी प्लेटफर्म अमेजन प्राइममार्फत यो फिल्म रिलिज गर्ने निर्णय लिएका छन् ।
फिल्ममा जावेद जाफरी, राजपाल यादवलगायतका कलाकारहरु पनि छन् । २५ डिसेम्बर २०२० मा अमेजन प्राइम भिडियोमा फिल्म कुली नम्बर वान रिलिज हुनेछ । १९९५ मा प्रदर्शनमा आएको ‘कुली नम्बर वान’ को रिमेक हो, अहिलेको फिल्म । गोविन्दा र करिश्मा कपूर यसअघि मुख्य भूमिका थिए । यस फिल्मलाई पनि डेविड धवनले नै निर्देशन गरेका थिए ।

विज्ञापन

यद्यपी, अहिलेको फिल्म पुरानो फिल्मभन्दा केही फरक हुने वरुणले एक अन्तर्वार्ताका दौरान बताएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार