होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • फिल्म ‘साँइली’ले पायोे यूट्युबमा दर्शक
मनोरञ्जन

फिल्म ‘साँइली’ले पायोे यूट्युबमा दर्शक

  • नागरिक रैबार
फिल्म ‘साँइली’ले पायोे यूट्युबमा दर्शक

काठमाडौं । केही अगाडि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘साँइली’ यूट्युबमा दर्शकले रुचाएका छन् । सार्वजनिक प्रदर्शनमा औषत व्यवसाय गर्न सफल फिल्म गत १० नोभेम्बरमा युट्युवमा अपलोड भएको थियो ।
दयाहाङ राई अभिनित फिल्मले युट्युबमा अहिलेसम्म ४० लाख बढी भ्यूज पाउँदै ट्रेन्डिङ छैटौं स्थान ओगट्न सफल भएको छ ।

गायक हेमन्त रानाको ‘सुन साइँली’ गीतको नाम सापटी लिएर निर्माण भएको फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् । फिल्मले सार्वजनिक प्रदर्शनमा समीक्षक तथा दर्शकबाट भने राम्रो प्रतिक्रिया पाउन सकेको थिएन ।
रोजगारीका लागि विदेशिन बाध्य महिलाहरुको कथामा बनेको फिल्ममा मेनुका प्रधान, गौरव पहारी, केनिपा सिंह, दयाहाङ राई, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतको अभिनय रहेको छ ।
विशाल गुरुङ र मोहन राना मगर निर्मातामा रहेका फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डी कार्कीको छायांकन रहेको फिल्मको कथा निर्देशक गुरुङकै रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार