होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • जाडो मौसममा गर्नै नहुने ५ गल्ती
स्वास्थ्य-जीवनशैली

जाडो मौसममा गर्नै नहुने ५ गल्ती

  • नागरिक रैबार
जाडो मौसममा गर्नै नहुने ५ गल्ती

एजेन्सी –देशभर चिसो बढेको छ । भने देशका विभिन्न स्थानमा हिमपात समेत सुरु भइसकेको छ । तराईमा शीतलहर सुरु हुँदैछ । तापक्रम घट्दै गएको छ । यस्तो अवस्थामा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने हुन्छ । जाडो मौसममा गरिने हेलचेक््रयाइँले शरीरमा गम्भीर असर समेत पार्न सक्छ ।

जाडोको मौसममा साइनस, दम, सास फेर्न गाह्रो हुने जस्ता समस्या आउँछ । जाडोको मौसममा यस्ता समस्या भएका व्यक्तिलाई निकै समस्या बढाउँछ । त्यसैले जाडो मौसममा आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ ।

धेरै खाना
जाडो मौसममा अत्यधिक खाना खाने गर्नुहुँदैन । धेरै खाना खाने र व्यायाम नगर्ने गर्दा शरीरको तौल अचानक बढ्ने र त्यसलाई कम गर्न निकै मेहेनत गर्नुपर्ने हुन्छ ।

विज्ञापन

कम पानी
जाडोको शुरुवातसँगै मानिसहरु पानी पिउन जोडिदिन्छन् । गर्मीको मौसममा पसिना धेरै आउने भएकाले पानी धेरै पिउने र जाडोमा कम पानी पिउने गर्छन् । त्यसैले जाडोमा पानी कमी हुने र डिहाइड्रेशनको समस्या आउने, ओठ फुट्ने जस्ता समस्या आउँछ । त्यसैले ६ देखि ८ गिलास पानी एक दिनमा पिउने गर्नुपर्छ ।

तातोपानीले नुहाउँने
जाडोमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तातोपानीले नुहाउँदा चिसो कम महसुस भएपनि यसले निकै नोक्सान कम गर्छ । गर्मी पानीले नुहाउँदा छाला सुख्खा र रुखो हुने र कहिलेकाँही तातोपानीले नुहाउँदा स्किन सेल्स ड्यामेज हुन्छ ।

धेरै क्रिमको प्रयोग
छाला सुख्खा हुने भएकाले जाडो मौसममा थुप्रै चिल्लो क्रिमको प्रयोग गर्ने गर्छन् । थरिथरिका क्रिमको प्रयोगले छाला बिग्रिने, छालामा विभिन्न प्रकारका समस्या आउने गर्छ । त्यसैले आफ्नो छालाका लागि उपयुक्त पुर्याउँने क्रिमको प्रयोग गर्नुपर्छ ।

धेरै तातो कपडा
चिसोबाट बच्नका धेरै तातो कपडा लगाउने गरिन्छ । यसले शरीरलाई नोक्सान पुर्याउँछ । जाडो मौसममा धेरै कपडा लगाउँदा शरीरमा चिसो प्रतिरोधक क्षमता कम हुँदै जान्छ । र जाडो लाग्ने सम्भावना झनै बढी हुन्छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार