होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • जोन र दिव्याको ‘सत्यमेव जयते २’को छायांकन सुरु
बलिउड/हलिउड

जोन र दिव्याको ‘सत्यमेव जयते २’को छायांकन सुरु

  • नागरिक रैबार
जोन र दिव्याको ‘सत्यमेव जयते २’को छायांकन सुरु

भारतमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक ५० हजार माथि छ । तर, पनि भारतमा हलहरु खुलेका छन् भने चलचित्रको छायांकन पनि सुरु गरिएको छ । नायक जोन अव्राहिम र नायिका दिव्या खोस्ला कुमारको मुख्य भूमिका रहने चलचित्र ‘सत्यमेव जयते २’को छायांकन लखनउबाट सुरु गरिएको छ ।

निर्देशक मिलन जाभेरीले भारतीय मिडियासँग कुराकानी गर्दै पहिलो दिन जोन र दिव्याको केही दृश्य खिचिएको जानकारी दिएका छन् । उत्तर परदेश सरकारले केही क्षेत्र अझै पनि सिल गरेको छ । आम मानिसका लागि खुल्ला नगरिएको उक्त क्षेत्रमा चलचित्र छायांकनको अनुमति भने दिइएको छ ।

 

विज्ञापन

चलचित्रका लागि एक्सनका दृश्यहरु लखनउका सडकमा खिचिने भारतीय मिडियाले उल्लेख गरेका छन् । उत्तर प्रदेश सरकारले छायांकनका लागि सबै सुरक्षाको प्रवन्ध गरिदिएकाले पनि काम गर्न सहज हुने निर्माता भुषण कुमारले भारतीय मिडियालाई जानकारी दिएका छन् ।

निर्माणपक्षले चलचित्रको अघिल्लो भाग भन्दा दोश्रो भाग अझै उत्कृष्ट हुने बताएको छ । निखिल आडवाणीले यो चलचित्रको निर्माण गरिरहेका छन् । सन् २०२१ को मे १२ बाट यो चलचित्र रिलिज गर्ने तयारी निर्माताको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार