होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री
बलिउड/हलिउड

प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री

  • नागरिक रैबार
प्रकाश सपूतको ‘परदेशी २’ मा दीलिपको इन्ट्री

काठमाडौं – नारायण रायमाझीले निर्देशन गरिरहेको फिल्म ‘परदेशी २’ मा अभिनेता दिलिप रायमाझी पनि अनुबन्ध भएका छन् । यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको यो फिल्ममा दिलिप पनि अनुबन्ध भएको फिल्मका अर्का कलाकार प्रकाश सपूतले जानकारी दिएका छन् ।

फिल्ममा केकी अधिकारी र वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहनेछ ।वैदेशिक रोजगारीमा जाने युवाहरुको कथामा आधारित यो फिल्ममा दिलिपलाई पनि शीर्ष भूमिकामा देख्न सकिनेछ । अभिनेता तथा गायक सपूतले दिलिप रायमाझीसँगका तस्वीर शेयर गर्दै दिलिप पनि अनुबन्ध भएको जानकारी दिएका हुन् ।

‘बोल माया र गलबन्दी गीतको दृश्य र संवादमा आफ्नै फिलिङ्स मिसाएको थिएँ, म वास्तवमै नायक दिलिप रायमाझीको ठूलो फ्यान र उनैताका उहाँजस्तै हिरो बन्ने सपना देखेको एक गाउँले ठिटो,’ सपूतले लेखेका छन्, ‘आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय हिरोसँग स्किृन शेयर पनि गर्दैछु ।

विज्ञापन

’दिलिपसँग काम गर्न पाउँदा आफूलाई बेलाबेलामा विश्वास नलागेको पनि प्रकाशले बताएका छन् ।यस्तै यो फिल्मलाई रमेश बिजीले लेखेका हुन् भने निर्देशक रायमाझीले निर्माण गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार