होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विन्डोज सेभेन ‘अन्त्य’ हुँदै
अन्तर्राष्ट्रिय

विन्डोज सेभेन ‘अन्त्य’ हुँदै

  • नागरिक रैबार
विन्डोज सेभेन ‘अन्त्य’ हुँदै

काठमाडौं । अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन अपरेटिङ सिस्टमलाई विधिवत रुपमा अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि माइक्रोसफ्टले विन्डोज सेभेनका लागि उपलब्ध गराउँदै आएको सम्पूर्ण सपोर्ट बन्द गर्दैछ । यसलाई माइक्रोसफ्टको जीवनको अन्त्य अर्थात् ‘इण्ड अफ लाइफ’ भनिएको छ ।

प्रविधिको भाषामा इण्ड अफ लाइफ अर्थात् ईओएल भनेको भाइरस अर्थात् बग फिक्स गर्ने सेवा, सेक्योरिटी अपडेट तथा नयाँ फिचरहरु उपलब्ध हुन छाड्नु हो । यसबाट प्रयोगकर्ताहरु मालवेयर आक्रमणको उच्च जोखिममा हुन्छन् ।

स्मरण रहोस् सन् २०१५ को जनवरीदेखि नै माइक्रोसफ्टले विन्डोज सेभेनमा मेनस्टि्रम सपोर्ट बन्द गरेको थियो । आगामी जनवरी १४ देखि चाहिँ विन्डोज सभेनमा बाँकी रहेका सेवाहरु पनि माइक्रोसफ्टले बन्द गर्दैछ । फलतः एक दशक पुरानो विन्डोज सेभेनका प्रयोगकर्ताले आफ्नो अपरेटिङ सिस्टमलाई विन्डोज १० मा अपडेट गर्नुपर्नेछ ।

विज्ञापन

आफ्नो कम्प्युटरलाई भाइरस तथा अन्य साइबर जोखिमबाट सुरक्षित राख्नका लागि अपरेटिङ सिस्टमलाई विन्डोज १० मा अपग्रेड गर्नका लागि माइक्रोसफ्टले सबै प्रयोगकर्तालाई आग्रह गरेको छ ।

एक अर्को समाचारअनुसार माइक्रोसफ्टले विन्डोज सेभेनलाई पूर्णरुपमा बन्द भने गर्ने छैन । अहिले पनि विश्वमा लाखौँ व्यक्तिगत तथा कर्पोरेट प्रयोगकर्ताहरुले आफ्नो कम्प्युटरमा विन्डोज सेभेन प्रयोग गरिरहेका छन् । त्यस्ता प्रयोगकर्ताहरु जो विन्डोज सेभेन नै प्रयोग गर्न चाहन्छन् उनीहरुले विन्डोजको सेक्योरिेटी सपोर्ट प्राप्त गर्नका लागि महंगो शुल्क तिर्नुपर्नेछ । क्यास्पर्स्कीको एक रिपोर्टअनुसार अहिले पनि विश्वका ४० प्रतिशत साना कम्पनी तथा ४८ प्रतिशत मध्यम तथा ठूला कम्पनीहरुले आफ्नो कार्यालयमा विन्डोज सेभेन प्रयोग भइरहेको छ ।

अर्कोतर्फ विन्डोज सेभेन चल्दै नचल्ने भन्ने पनि होइन । यदि तपाईं आफ्नो कम्प्युटरमा रहेको विन्डोज सेभेन नै चलाउन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ । तर तपाईंको कम्प्युटरमा विभिन्न फिचरहरु नचल्ने मात्र होइन भाइरसको आक्रमणको जोखिम पनि उच्च हुनेछ । स्मरण रहोस् सन् २०१७ मा विन्डोज सेभेनमा वान्नाक्राइ भाइरसले आक्रमण गरेको थियो । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि