होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेश १ मा एकैदिन ९ संक्रमितको मृत्यु
समाचार

प्रदेश १ मा एकैदिन ९ संक्रमितको मृत्यु

  • नागरिक रैबार
प्रदेश १ मा एकैदिन ९ संक्रमितको मृत्यु

२५ कात्तिक, विराटनगर । प्रदेश १ मा एकैदिन थप ९ जना कोरोना स‌ंक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा ५ जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ जना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो । मोरङकै सुन्दरहरैंचा नगरपालिकाका एक संक्रमितको भने घरमै मृत्यु भएको हो ।

झापा गौरादह–५ का ६५ वर्षीय वृद्धको नोबेल अस्पतालमा मंगलबार बिहान ८ः२५ बजे मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार मृतकमा श्वासप्रश्वासको समस्या थियो ।

 

विज्ञापन

यसैगरी तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान करिब ८ः२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो ।

झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेल अस्पतालमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि १५ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान मृत्यु भएको हो ।

यस्तै उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी २२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा मंगलबार बिहान करिब ५ः३० बजे उनको मृत्यु भएको दाहालले बताए ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्धको पनि नोबेलमै मृत्यु भएको छ । २२ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान ६ः३० बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी सुनसरीको इटहरी–५ की ६९ वर्षीय वृद्धाको विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनको मंगलबार बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि कोशीमा भर्ना गरिएको थियो ।

कोशीमै विराटनगर–३ का ७७ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । २२ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । उनको सोमबार राति ९ः५० बजे मृत्यु भएको हो । निमोनियाको समस्या रहेका ती पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । निमोनियाको संक्रमण रहेका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको भने आफ्नै घरमा ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको हो । उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।

यसैगरी रुपन्देहीमा एकजना अनमीसहित तीनजना संक्रमितको मृत्यु भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार