होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘सुसाईड नोट’ लेखेर भक्तपुरबाट डाक्टर बेपत्ता
समाचार

‘सुसाईड नोट’ लेखेर भक्तपुरबाट डाक्टर बेपत्ता

  • नागरिक रैबार
‘सुसाईड नोट’ लेखेर भक्तपुरबाट डाक्टर बेपत्ता

काठमाडौं । भक्तपुरबाट अर्थोडोन्टिस्ट डा.दिगम्बर झा बेपत्ता भएका छन् । डा. झा सुसाईड नोड लेखेर बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले  बताईन् । उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् ।

बिहान ५ बजेतिर बा.१६च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा र उनको बुवाको सम्बन्ध राम्रो थिएन् । घरबाट निस्केको दुईघण्टामा उनी काभ्रे पुगेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

‘उँहाको खोजी भइरहेको छ’ एसपी थापाले भनिन्– ‘फेसबुक पेजमा सुसाईड नोट लेखेको भेटिएको छ ।’ फेसबुक पेजमा सुसाईड नोट लेखेको देखेपछि उनका सहकर्मी डाक्टर निरञ्जन चालिसेले प्रहरीलाई खबर गरेका थिए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार