होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पत्रकार अयडीको औंठी चिनो बजारमा (भिडियोसहित)
मनोरञ्जन

पत्रकार अयडीको औंठी चिनो बजारमा (भिडियोसहित)

  • नागरिक रैबार
पत्रकार अयडीको औंठी चिनो बजारमा (भिडियोसहित)

नागरिक रैबार/बाजुरा २४ भदौ। पत्रकार गगन अयडीको अभिनयमा औठी चिनो नामक ठाडी भाका गीत बजारमा आएको छ । बरिष्ठ देउडा गायक लालबहादुर थापाको एरेन्ज, शव्द, लय र स्वरमा मंगलबार साँझ लालबहादुर थापाको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा पत्रकार गगन अयडी र मनिसा सुनारको अभिनय देख्न सकिन्छ । हजारौं देउडा, दोहोरी तथा ठाडी भाकामा आफ्नो आवाज दिएका कलाकार थापाको स्वरमा बजारमा आएको उक्त गीतलाई बडीमालिका डिजिटल रेकर्डिङ्ग स्टुडियोले उत्पादन गरेको हो ।

पत्रकार अयडी र मनिसा सुनारको अभिनयमा रहेको सो गीतलाई भिम विष्टले निर्देशन गरेका छन् भने छायाकंन प्रकाश नागरिले गरेका हुन् । पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरेका पत्रकार अयडीले भने आगामी दिनमा पनि यस्तै अवसरहरु पाएमा आफ्नो कला कौशलतालाई बढाएर अघि बढ्ने लक्ष्य लिएको बताए ।

विज्ञापन

३ दशक देखि कलाकारीता क्षेत्रमा लागेका देउडा गायक तथा संगीतकार थापाले धनगढीमा आफ्नै बडीमालिका डिजिटल रेकर्डिङ्ग स्टुडियो संचालनमा ल्याएका छन् । सुदूर तथा मध्ये पश्चिमका नवप्रतिभाहरुलाई कलाकारिता क्षेत्रमा अग्रसर गराउने उद्देश्यले धनगढीमा स्टुडियो संचालन गरेकोले गीत रेकर्ड देखि लिएर अडियो भिडियोकाे सवै काम धनगढीमै गर्न सकिने थापाले बताएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार