होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् । पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ । बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी […]
२५ जेठ, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन खुकुलो हुँदै गएको छ । सरकारले लकडाउन खुकुलो गर्ने निर्णय नगरे पनि सर्वसाधारण स्वतःस्फुर्त रुपमा घारबाहिर काममा निस्कन थालेका छन् । आइतबार काठमाडौंका सडकमा सवारी साधनको बाक्लो चाप थियो । सार्वजनिक सवारी साधन धेरै नचले पनि निजी गाडीहरु प्रशस्त […]
२५ जेठ, सुर्खेत । कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ […]
‘पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ,’ बैठकमा सहभागी स्रोतले कान्तिपुरसँग भन्यो, ‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।’ साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतले बताएको छ । ‘पहिले सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने कुरा भएको छ,’ स्रोतले भन्यो, […]
नागरिक रैबार/बाजुरा २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत बाजुरा जिल्लाको बडीमालिका नगरपालिका भित्रपर्ने बस्तीको सुरक्षा भन्दापनि पुराना बाटाघाटा निर्माणमा लाखौँको बजेट विनियोजन गरेको पाईएको छ । प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत वडीमालिका नगरपालिका वडा नं. ९ स्थित सनाईबाडाको पुरानो नापी कार्यालय हुँदै जिउलासम्म पुरानो मर्मतका लागि ५ […]
काठमाडौँ — सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ मोडालिटी तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी अघि बढाएको हो । तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धती अप्नाउँदै खुला गर्ने तथा आवश्यकता […]
२५ जेठ, कैलाली । १८ जेठमा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको भएको थियो । बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो । उनी बाबु आमासँगै भारतबाट आएकी थिइन् । त्यसयता सात दिनमा सुदूरपश्चिम प्रदेशका बिभिन्न क्वारेन्टिनमा रहेका अन्य ६ जनाको पनि मृत्यु भइसकेको छ । तर, […]
२५ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २५ बैशाख। बाजुराको गौमुल गाउँपालिका ३ गर्जेमा चट्याङ लागेर एक हल गोरु र एक भैसी मरेको छ । आज दिउसो अत्याधिक बर्षासंगै आएको चट्याङ लागेर गौमुल गाउँपालिका ३ का स्थानीय अफिलाल बोहराका एक हल गोरु र एक भैसी मरेको बताइएको छ । गोरु र भैसी चराएर घर ल्याउने क्रममा चट्याङ लागेर […]
नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छन् । कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक सञ्जालको नशाले राम्रैसँग छोएको छ । नायक हमाल लकडाउनको समय घरमा छन् । उनी हरेक दिन सामाजिक सञ्जालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् । नायक हमालले विशेषगरी सामाजिक सञ्जालमा […]
आफ्ना विरोधीको समीकरण भत्काउन सफल बनेको ठानेका सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पुनः पराजयको सन्निकट पुगेका छन् । राष्ट्रपति, पार्टीभित्रका समर्थक र चिनियाँ सहयोगले आफ्नो सत्ता संकट टार्न सफल भनिएका ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद धरापमा परेको विश्लेषण गरिएको छ । आफ्ना विरोधी गुटका नेताहरूलाई विभिन्न अफर र प्रलोभन देखाएर […]
काठमाडौँ २५ बैशाख । पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ । नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो […]
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा […]
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको जानकारी दिए । नेता श्रेष्ठले […]
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भयो लगत्तै सचिवालय सदस्य माधवकुमार नेपालले विधिसम्मत रुपमा पार्टी सञ्चालन गरिनुपर्ने माग गरे । माधव नेपालको सो मागमा अधिकांश सचिवालय सदस्यले समर्थन जनाए । सो क्रममा उनीहरुले प्रधानमन्त्रीले मनपरी रुपमा पार्टी सञ्चालन गर्न खोजेको भन्दै आपत्ति मात्रै जनाएनन् स्थायी समिति बैठकमा […]
नागरिक रैबार/बाजुरा २४ फागुन। बाजुराको हिमाली गाउँपालिकाका लागि खरिद गरिएको मोटरसाईकलमा गाउँपालिकाकै अध्यक्षका छोराको राज चलेको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका छोराले सरकारी मोटरसाईकलको दुरुपयोग गर्दै आएको सामाजिक संजालमा थाहा पाएपछि त्यहाँका स्थानीयहरुले चर्को विरोध गरेका छन् । हिमालीका कतिपय जनप्रतिनिधि र कर्मचारीहरुले मोटरसाईकल चलाउनै नजानेका छन् । तर अध्यक्षकै छोराले मोटरसाईकल आफ्नो […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। देशको पश्चिमी भू–भागका केही स्थानमा मध्य र पू्र्वी भू–भागका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। आगामी […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । हालसम्म विश्वको ७० भन्दा बढी देशमा देखिएको यो भाइरसले संसारभर महामारीको रूप लिँदै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रूपमा लिएपछि सरकारले सतर्कता अपनाउन समेत आग्रह गरिसकेको छ । भाइरसको त्रासले अहिले नेपाली जनतामा मनोवैज्ञानिक […]
रामबहादुर विक/बाजुरा २४ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ लाई आउँदो फागुन ४ गते छाउपडी गोठमुक्त वडा घोषणा गरिने तयारी भएको छ । वडा भित्रका महिलाहरू छाउ भएको बेला परिवार संगै घरभित्र सुरक्षित बस्न थालेपछि वडालाई छाउगोठ मुक्त वडा घोषणा गर्ने गर्ने तयारी गरिएको वडा अध्यक्ष विनोद कुमार विकले जानकारी दिए । शुक्रबार बडीमालिका […]
एक्सन नायक विराज भट्ट स्टारर चलचित्र “साङ्लो” आजबाट देशभर एकैसाथ प्रदर्शन हुने भएको छ। गीत र ट्रेलरलाई अत्याधिक रुचाएका दर्शकको “साङ्लो” हेर्ने प्रतीक्षा अन्ततः आजबाट समाप्त भएको छ। पछिल्लो समय कमेडी र लभ स्टोरी जनरामा बनेका चलचित्र हेर्दा हेर्दा आजित बनेका दर्शकलाई एक्सनसँगै कमेडी अनि लभस्टोरी जनरामा बनेको “साङ्लो” हेर्ने बेग्र प्रतीक्षा थियो। विराज भट्ट […]