होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
देश/प्रदेश

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

  • नागरिक रैबार
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। हाल देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।

देशको पश्चिमी भू–भागका केही स्थानमा मध्य र पू्र्वी भू–भागका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै महाशाखाले देशका केही स्थानहरुमा मेघ गर्जनर, चट्याङ्र, हावाहुरीर, असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ।

फागुन २४ गते 
दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जनर चट्याङ्र हावाहुरीर असिना सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पुर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

विज्ञापन

देशको पश्चिमी भु–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वी पहाडी भु–भागका एक, दुई स्थानमा मेघ गर्जन र चट्याङर सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ। पुर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

फागुन २५ गते
दिउँसो देशको पुर्वी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी पहाडी भू–भागका एक, दुई स्थानमा र पश्चिमी पहाडी भू–भागका एक, दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने देशको पुर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन २६ गते
दिउँसो देशको पुर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य भू–भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू–भागका एक, दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती  देशको पुर्वी र मध्य पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार