होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गगन अयडी २४ धनगढी। बाजुराको त्रिवेणी नगरपालिकाले जिल्लाबाहिर रहेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले जिल्ला बाहिर लकडाउनका कारण समस्या परेका विद्यार्थीलाई दुई/दुई हजार सहयोग गर्ने भएको हो। सोमबारको नगरपालिकाको बैठकले लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीहरुलाई प्रति विद्यार्थी दुई हजारका दरले रकम पठाउने निर्णय गरेको हो। काठमाण्डौं, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्दनगर लगायतका शहरमा […]
काठमाडौं- कोरोना संकरमणको त्रास जारी रहँदा सरकारले अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो । बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय […]
राजेन्द्र बिक/२४ बैशाख । नेकपाका युवा नेता तथा सभामुख अग्नि प्रसाद सापकोटाका स्वकीय सचिव नवराज ऐरले म कंचनपुर महेन्द्रनगर स्थित समाज कल्याण बाल अनाथालयमा खाद्यान्न सामाग्रीहरु सहयोग गर्नुभएको छ। अनाथालयका बालबालिकाका लागि सहयोग स्वरुप १५ कट्टा चामल, १५ केजि दाल, १ पेटि तेल, १ पेटि चाउचाउ र १५ पोका नुन उपलब्ध गराउनुभएको छ । सेवा […]
भक्तपुर । देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको […]
काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाका बासिन्दा लकडाउनमा बसेको सोमबार ४२ दिन भयो । लकडाउनपछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरू निको भएर घर फर्किसके । नयाँ संक्रमित नभेटिएको २२ दिन भयो । विदेशबाट संक्रमण बोकेर मानिसहरू काठमाडौं आउने सम्भावना पनि छैन । अन्तर्राष्ट्रिय उडान चैत ९ […]
२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको […]
नयाँदिल्ली : भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ । भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका […]
नहकुल जोशी बाजुरा । गायक यश कुमारले गाएकाे गीत मैले छाेएकाे पानी चल्दैन ….निकै हिट भयाे । गीतका विषयमा विभिन्न टिका टिप्पणी पनि भयाे । जे हाेस् उनकाे गीत समाजकाे एउटा बिम्ब थियाे । तत्कालिन समाजकाे दलित र गैर दलितकाे विभेदलाइ उक्त गीतमा प्रस्तुत गरेका थिए । यस कुमारकाे गीत पुरानाे भैसक्याे तर, हाम्राे समाजमा जातका […]
काठमाडौं । मंगलबार साँझ काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीका कारण वर्षा तथा बदली भइरहेको छ । मौसम प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार अपरान्ह बस्दैछ ।बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बस्न लागको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने सविालय बैठकले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए। पार्टीलाई एक ढिक्का बनाएर लैजाने २० बैशाखमा बसेको सचिवालयले […]
काठमाडौं : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। ११ बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजको बैठकले लकडाउन थप्नेबारे निर्णय गर्दैछ। स्रोतका अनुसार सरकारले लकडाउन ७ देखि १० दिन थप्ने तयारी गरेको छ। मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको […]
दयाराम पण्डित । चैत २४ बाजुरा। विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमित पहिचान गर्न बाजुरामा थप स्वास्थ्य स्वयंसेवकको आवश्यकता परेको छ । जिल्लामा कार्यरत २९६ वटा कर्मचारी आ-आफ्नो ड्युटीमा व्यस्त छन् । “ मौजुदा कर्मचारी हेल्थ डेस्क, क्वारेन्टाइन स्वास्थ्य संस्था, ज्वरो क्लिनिक र अति आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्न पुगनपुग छन् । […]
काठमाडौं – नेपालमा कोरोना भाइरसका दोस्रा संक्रमित देखिएपछि गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन बढाउनेबारे आवश्यक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । पहिलो चरणको लकडाउन चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्म बढाइएको लकडाउन भोलि सकिदैछ । त्यसअघि नै यसबारे आज अपरान्हको मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए […]
नागरिक रैबार/बाजुरा २३ फागुन । जिल्लाको बडीमालिका नगरपालिका ७ स्थित श्री लक्ष्मी माविको प्रधानाध्यापकको जिम्मेवारी विद्यालयकी शिक्षक माया रोकायालाई दिएको छ । शुक्रबार विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले विद्यालयमा माया रोकायालाई प्रधानाध्यापकको जिम्मेवारी दिएको विव्यस अध्यक्ष धुमा खत्रीले बताएकि छन् । यस अघि विद्यालयमा प्रधानाध्यापक लालचन्द जैशि र शिक्षक कुस्मराज पण्डित विच प्रधानाध्यापकको विवाद […]
काठमाडौं, २३ फागुन : न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताएका छन्। उनले आज (शुक्रबार) सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताए। उनले अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमान […]
काठमाण्डौं । गत माघ १९ गते सकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठकले नेताहरूले अनिवार्य रूपमा सम्पत्ति विवरण पार्टीलाई बुझाउने र अनुशासन आयोगले छानबिन गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलमा भाग लिएका अधिकांश सदस्यले नेता–कार्यकर्ताको जीवनशैली अपारदर्शी, प्रगतिशील मूल्य–मान्यता विपरीत र कम्युनिस्ट आचरण अन्तर्गत नदेखिएको भन्दै पार्टीले सम्पत्ति छानबिन गर्नुपर्ने […]
नागरिक रैबार/बाजुरा २३ फागुन। नेपाल कम्युनिष्ट पार्टी नेकपा हिमालीका नेताहरुले हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्लले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने बताएका छन् । स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा बसेर आफुलाइ आर्थिक लाभ हुने गरि कुनै निर्माण कम्पनीका ठेकेदारसंग करोड बढीको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि नेकपा हिमालीका नेताहरुले अध्यक्ष मल्लको राजिनामा माग गरेका हुन् […]
बाजुरा २३ फागुन। बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ्ग गरेका छन् ।हिमाली गाउँपालिका वडा नं ४ फैतिमा रहेको शैलेश्वरी प्राविधिक विध्यालयको भवन निमार्ण कार्यको लागि भ्याट बाहेक १ करोड ६९ लाख १० हजार ७ सय ५७ रुपैयाँको ठेक्का खोली आफ्ना छोरालाई मिलाई दिन […]
अनिल शाही/ कोल्टी २३ माघ। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ पिपलडालीमा रायोको साग र रोटी खादा ११ जना विरामी परेका छन । बुढीनन्दा नगपालिकाका वडा नं एकको पिपलडालीका स्थानिय रंगी ल्वारको घरमा विहानको खानाका लागि बनाईको रोटी र रोयोको साग खादा एकै घरका ६जना विरामी परेका छन भने सोही गाँउका अन्य चारजना विरामी परेका […]
नागरिक रैबार/बाजुरा २३ माघ। जिल्लाको स्वामीकार्तिक र हिमाली गाउँपालिकामा हप्तादिन देखि फैलिएको रुघाखोकी र भाईरल ज्वरो नियन्त्रण गर्न स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन गरिएपछि विरामीहरुको संख्यामा कमि आएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय जिल्ला अस्पतालबाट डाक्टर राजुराज जैशी सहित स्वास्थ्य कार्यालय बाजुरा मातहतका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरुको टोलीले रुघाखोकी र भाईरल ज्वरो प्रभावित क्षेत्रमा पुगेर […]