होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जाल
  • सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा धम्कि
सामाजिक सञ्जाल

सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा धम्कि

  • नागरिक रैबार
सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा धम्कि

सामाजिक सञ्जालमा  स्टाटस लेखेकै भरमा नेपाल स्वयंसेवक संघ, युबा संगठनका सुदूरपश्चिम प्रदेशका सदस्य तथा धनगढीका धरहरा म:म सेन्टरका सन्चालक देवराज खत्रीलाइ धम्कि दिएको खुलेको छ ।  खत्रिलाइ कंचनपुर जिल्लाको श्री जनजागरण बन उपभोक्ता समितिका कोसाध्यक्ष करन ऎडी द्वारा धम्कि सहित दुव्र्यवहार भएको खुलेको हाे ।

असाेज ९ गते  साल जातको हरीयो रुख ६९ घनफिट काठ, एक हल रागा डलब र एक हल गोरु डलब समात्न सफल भएपनि तस्कर नसमातीनुमा बनका पदाधिकारीहरुको मिलोमतो हुनेसक्ने भन्दै सर्ब-साधारणले सामाजिक संजाल फेसबुकमा कमेन्ट लेख्दा उनिहरुलाई बनसमितिबाट चिट्ठी काटीएको थियो।

No description available.

विज्ञापन

बैठकमा उपस्थित मध्ये कमेन्ट लेख्नेलाई साइवर क्राइमको मुद्दा हाल्ने भनी धम्काइएको भनी नाम नबताउने सर्तमा एकजना ब्यक्तीले जानकारी दिएका छन् ।

देबराज खत्रीले भने मैले त्यहाँको केही असन्तुष्ट स्थानियहरुको भनाईको प्रतीनिधित्व मात्र गरेको थिए तर उक्त बन-समितिका कोषाध्यक्ष करन ऐडीले गरेको ब्यबहारले आफुलाई उत्तर कोरीयामा त छैन भन्ने भान भयो ।

No description available.

उनले थप्दै भने करन ऐडीले फोन गर्दै त कता छ्स त संग तुरुन्त भेट्नु पर्ने छ भन्यो , मैले हुन्छ भन्दै नजिकको कटेजमा आउन भने । जब भेट भयो करन ऐडीले उक्त स्टाटस डिलिट गर होइन भने तलाइ बन समितीले मुद्दा हाल्छ भन्दै धम्की दिदै दुव्र्यवहार गर्यो।

समाजमा राम्रो नराम्रो जस्तो काम गरेपनि आलोचक र समर्थक हुन्छन् तर आलोचना गर्यो भन्दैमा सामाजिक सन्जालमा कमेन्ट गर्यो भन्दैमा यसरी धम्कि दिनुले नागरिक स्वतन्त्रताको  हक हनन गर्नु जस्तै भएको उनले गुनासाे गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार