होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
देश/प्रदेश

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

काठमाडौँ — नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

नयाँ समिति निर्वाचित भएपछि काभ्रेको धुलिखेलमा बसेको पहिलो कार्यमूलक बैठकले उक्त विधेयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

महासंघसहित सरोकारवालासँग सामान्य छलफलसमेत नगरी नागरिकका मौलिक हक हनन् हुने गरी ल्याइएको विधेयकलाई अगाडि बढाउनु उपयुक्त नहुने ठहर गर्दै महासंघले उक्त विधेयक तत्काल फिर्ता लिई सामाजिक सञ्जाल प्लाटफर्महरूलाई मात्रै नियमन गर्नेगरी सरोकारवालासँग आवश्यक परामर्श गरेर पुनर्लेखन गर्न सरकार, संसद् र राजनीतिक दलहरूसमक्ष माग गरेको छ ।

‘अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र न्यूमिडियाको प्रभावकारितामा अंकुश लगाउने गरी बन्ने विधेयकका विरुद्व महासंघ संघर्षमा उत्रिन बाध्य हुनेछ,’ महासंघले भनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै