होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • सार्वजनिक ठाउँमा धुम्रपान गरेपछि भारतीय अभिनेता रामलाई जरिवाना
मनोरञ्जन

सार्वजनिक ठाउँमा धुम्रपान गरेपछि भारतीय अभिनेता रामलाई जरिवाना

  • नागरिक रैबार
सार्वजनिक ठाउँमा धुम्रपान गरेपछि भारतीय अभिनेता रामलाई जरिवाना

नयाँदिल्ली : तलेगु फिल्मका अभिनेता राम पोथिनेनी यही साता सार्वजनिक क्षेत्रमै धुम्रपान गरिरहेको अभियोगमा दण्डित भए ।

सोमबार उनले धुम्रपान गरेवापत २ सय रुपैयाँ जरिवाना तिरेका हुन् । प्रहरीले हैदरबादमा ‘धुम्रपानमुक्त क्षेत्र’ बनाउने अभियान चलिरहँदा उनको यस्तो हर्कत देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सार्वजनिक रुपमा धुम्रपान गर्नेहरुलाई यहाँ प्रहरीले केही महिनादेखि नै कारवाही गर्दैआएको छ । अभिनेता रामले पनि सावधानी अपनाउन नसक्दा यस्तै कारवाही खेप्नुपरेको हो ।

विज्ञापन

राम पछिल्ला दिनमा फिल्म ‘स्मार्ट शंकर’का लागि सूटिङमा छन् । भारतीय मिडियाका अनुसार उनी सुटिङको खाली समयमा धुम्रपान गरिरहँदा प्रत्यक्षदर्शीले प्रहरीलाई उजुरी दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार