होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • रमिला न्यौपानेको ‘पशुपतिमा’ तीज गीत सार्वजनिक (भिडियो सहित)
मनोरञ्जन

रमिला न्यौपानेको ‘पशुपतिमा’ तीज गीत सार्वजनिक (भिडियो सहित)

  • नागरिक रैबार
रमिला न्यौपानेको ‘पशुपतिमा’ तीज गीत सार्वजनिक (भिडियो सहित)

नागरिक रैबार/बाजुरा ७ साउन। आजत भेट्न आउदिन है कालू, मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने, पंखा चलाइदेउ, भुरुरु उडेको पुतली लगायतका दर्जनौ तीज गीतहरु बजारमा ल्याएर चर्चा कमाएकी गायिका हुन् रमिला न्यौपाने ।


रमिलाले हिन्दु नारीहरुको तीज पर्वलाई लक्षित गरेर प्रत्येक वर्ष तीज गीत बजारमा ल्याएर एकदशक देखि तीज गीतमा आफ्नो निरन्तरता दिदै आएकी छिन् । उनले अघिल्लो वर्षमात्रै मायालु ईन्टरटेनमेन्टको प्रस्तुतिमा भुरुरु उडेको पुतली नामक तीज गीत बजारमा ल्याएकि थिईन् । उक्त गीतले पनि नेपाली साँगितिक बजारमा निकै चर्चा पाएको थियो ।
तीज गीतलाई निरन्तरता दिने क्रममा यस वर्ष रमिला न्यौपानेको पशुपतिमा बोलको तीज गीत सार्वजनिक भएको छ । गीत तिर्सना म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । बाबुराम बोहराको शव्दमा तयार भएको उक्त गीतमा रमिला न्यौपाने र चर्चित गायक खुमन अधिकारीको स्वर रहेको छ भने सह–गायन बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीले साथ दिएका छन् ।


गीतको अडियो मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् । गीतको मिक्सिङ्ग खड्क बाजुरालीले गरेका छन् । त्यस्तै गीतको भिडियोमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायाकंन र विष्णु शर्माको सम्पादन रहेको छ । गीतलाई तिर्सना म्युजिक प्रालिले उत्पादन गरेको हो भने गीतमा गायक खुमन अधिकारी र सुरक्षा पन्तले अभिनय गरेका छन् ।

विज्ञापन

भिडियो हेर्न तलको लिकँमा क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार