होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • विप्लवका दाइसहित २१ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा
राजनीति

विप्लवका दाइसहित २१ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

  • नागरिक रैबार
विप्लवका दाइसहित २१ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा
फायल तस्विर

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् ।

विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।

मध्यराती १ बजे पक्राउ परेका उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्लाको सदरमुकाम ल्याइदैँछ ।

विज्ञापन

यस्तै, राप्ती ब्यूरो इन्चार्ज केश बहादुर बाठा ‘सुवास’ समेत प्रक्राउ परेका छन् । पक्राउ परेका सबै राप्ती ब्यूरोका सदस्यहरु रहेको बताइएको छ ।

ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने प्रहरीको भनाइ छ । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि