होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • फेरी दिए सुरक्षाकर्मीले सुत्केरी महिलालाइृ रगत
बुढीगंगा

फेरी दिए सुरक्षाकर्मीले सुत्केरी महिलालाइृ रगत

  • नागरिक रैबार
फेरी दिए सुरक्षाकर्मीले सुत्केरी महिलालाइृ रगत

बडिमालिका नगरपालिका ८ बस्ने ३० बर्षकि पारु रावललाई गर्भपतन पछि रक्क्तस्राब भयो । उनलाई अत्याधिक रक्क्तस्राबले बेहोस अबस्था पुगिन् । उनलाई ए पोजेटिभ आबश्यकता थियो । रगतका लागि चारै तिर गुहार गर्यौ, प्रहरी कार्यलयमा खबर गर्दा २ दिन अगाडी डिएसपी उद्धबसिहं भाटले रगत दिएको र फेरी उनलाई रगतको मात्रा आबस्यक परेकोले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार धवलसिहं महराले रगत दिएका छन् ।
रक्तस्राब धेरै भइसकेको थियो, हामी कहाँ खबर आयो रगत समुह हवल्दारसाबको रगत मिल्ने भएकाले रगत दिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख उद्धब सिं भाटले बताए । फेरी आबश्यक परेमा अन्य प्रहरीलाई रगत दिन लगाउने भाटले बताए । प्रहरी र सेना नभए रगत खोज्नै मुस्कील हुने थियो प्रहरी सेनाले भनेको बेला तुरुन्तै रगत दिन आउछन जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राईले बताए । प्रहरी हवल्दारले रगत दिदा बिरामीलाई धेरै सहयोग भएको डा. राईले बताए । बाजुरा जिल्लामा नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरीले सुत्केरी र बिरामीलाई रगत दिएर ज्यान बचाउने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिकले बताए ।

बाजुरा जिल्लामा बलड बैङ्क नुहँदा सुत्केरी र विरामीलाई निकै समस्या भएको छ । आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि बलोड बैङ्क नहुदा सुत्केरी र बिरामीलाई समस्या हुदै आएको छ । जिल्ला स्अस्पताल बाजुरामा आबश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा र अप्रेशन सेवा सञ्चालनमा समेत समस्या भएको छ । आकस्मिक रक्तसञ्चार भए पनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको डा. बिकले बताए । रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमान्ने गरेको डा. बिकले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार