होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • संगीतकार रामु खड्काले गीत संगीतमा उज्यालो छर्दै
स्वामीकार्तिक

संगीतकार रामु खड्काले गीत संगीतमा उज्यालो छर्दै

  • नागरिक रैबार
संगीतकार रामु खड्काले गीत संगीतमा उज्यालो छर्दै

संगीतकार रामु खडका सल्यान जिल्लाको बिकट बस्तीमा जन्मनु भएको हो । उहाँ अहिले संगितकारको रुपमा नेपालको नम्बर एक संगीतकार को रुपमा दर्ज हुनुहन्छ । उहाँको इच्छाशक्ति र जुन मेहनतले अँध्यारो ठाउमा जन्मेको मान्छेले आज नेपाली गित संगीतलाई उज्यालो पारिदिएको छ । यसरी उहाँको बारेमा खोज्दै जादा अरु तथ्यहरु पनि फेला पर्छन, त्यो के हो भने उहाँ जन्मेको गाउँबाट सबै भन्दा पहिले एसएलसि पास गर्ने ब्यक्ती हुनुहन्छ ।

अर्को रोचक घटना सबैभन्दा पहिले त्यो गाउबाट राजधानी काठमाडौ छिर्ने ब्यक्ती उहाँ पहिलो हुनुहन्छ । पढ्न जान्छु भनेर २०६४ सालमा काठमाडौ छिरेका उहाँको दुइटा उदेश्य रहेछ्न एक गित संगीतमा रहनु, अर्को पढ्नु ।

उहाँले संगीत गरेका गितहरु अहिले सबार्धिक रुचाइएका छ्न । लोक दोहोरी कबम गितहरु सबै हिट छ्न । जसमा ,“मर्ने मिति “ आज भन्दा भोलि माया “बरु यसै दुखी छु “ कस्को सिन्दुर “ खोली किनार “ नियती “ हार्दिक श्रादान्जली “ स्वर्णपदक आदि हुन ।

विज्ञापन

उहाँले गित संगीतको क्षेत्रमा प्रदान गरिने राष्ट्रिय स्तरका सबै अवार्ड प्राप्त समेत प्राप्त गरिसक्नु भएको छ । जस्मा राष्ट्रिय रापती म्युजिक अवार्ड २०७१, रमपम बिन्ध्यावासिनी म्युजिक अवार्ड २०७३ , बायो राष्ट्रिय लोक दोहोरी अवार्ड २०७३ , राष्ट्रिय इपिक नेपाल म्युजिक अवार्ड २०७५ , र छायाछबी तीज म्युजिक अवार्ड २०७५ समेत प्राप्त गरिसक्नु भएको छ ।

यस्का साथै उहाँको साङिगितिक यात्रा र उपलब्धीलाई बिषयबस्तु बनाएर राष्ट्रिय साप्ताहिक ,नया पत्रीका राष्ट्रिय दैनिक ,नागरिक दैनिक ,सौर्य दैनिक ,बिजनेस जर्नल मासिक ले प्रकाशन समेत गरिसकेका छ्न भने रेडियो नेपाल , नेपाल टेलिभिजन प्लस ,जनता टिभी ,ले समेत उहाँको जिवनि अन्तर्वार्ता प्रसारण गरिसकेका छ्न ।

उहाँले संगीत गरेका गित यस्ता हुन्छ्न कि मान्छेको मस्तिष्कलाई सजिलै पगाल्छ्न जुन गित सुनेसी र्दशक स्रोता संगीतको आनन्द लिन्छ्न र भावुक हुन्छ्न । सबैलाइ सजिलै संगीतको रस दिन सक्ने खुबिले गर्दा उहाँलाइ संगीतको राजा ,भावुक संगीतकार ,रुन्चे संगीतकार र पागल संगीतकार को उपमा दिने गरिन्छ । एक हजार भन्दा बढि गितमा संगीत भरेका उहाँले आफ्नो जीवन गित संगीतका लागि अर्पिसक्नु भएको छ् । संगीतको क्षेत्रमा उहाँलाइ बौद्धिक संगीतकारको रुपमा पनि चिनिन्छ । किनकि उहाँले शिक्षामा पनि दखलता प्राप्त गर्नुभएको छ ।

२०६४ साल देखि गित संगीतमा लाग्नु भएका उहाँले पढाई पनि सँगै लिएर अहिले मास्टर डिग्रि राजनिती शास्त्र बाट सक्काइसक्नु भएको छ । मेहनत गरे सफल भैइन्छ दरिलो उदाहरण को पात्र उहाँ हुनुहन्छ । उसो त उहाँलाई यति पढेको मान्छे अरु कुनै क्षेत्रमा रहन प्रेरित गर्छ्न तर त्यो कुरा रामु मान्दैनन किनकि नाम ,दाम ,कामको हिसाबले संगीत जस्तो कुनै क्षेत्र छैन । उहाँका सृजनाहरु प्राय सबैले बुझ्ने ,सजिलो र ससिलो संगीत भरिएको हुन्छ ।

गाउका चलन्चल्तिका भाषा ,र शब्द्लाइ संगीतमा ढाल्छ्न अनि बुढा ,युबा सबैको मनमा बस्छन उहाका गितले । नेपाली लोक संगीतलाई संसार भरी चिनाउने र संगीतको माध्यमबाट मान्छेको जीवन परिवर्तन गर्ने कुरामा जहिले पनि लागिरहने । संसारलाइ शान्त बनाउने तागत संगीतमा हुन्छ भन्ने संदेश संसारमा छर्न र प्राणिलाइ गित र संगीत अपरिहार्य छ भन्ने कुरामा उहाले जोड दिनुभएको छ । बौद्धिक ,तार्किक र नेपालको अब्बल संगीतकार आफुको साङिगितिक यात्रा सफल रहेको बताउनु हुन्छ उहाँ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार