होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • सभ्य समाज निर्माणका लागि सञ्चार विधेयक आवश्यक छः महेश बस्नेत
स्वामीकार्तिक

सभ्य समाज निर्माणका लागि सञ्चार विधेयक आवश्यक छः महेश बस्नेत

  • नागरिक रैबार
सभ्य समाज निर्माणका लागि सञ्चार विधेयक आवश्यक छः महेश बस्नेत

पूर्व उद्योगमन्त्री महेश बस्नेतले वर्तमान मिडियाले समाजलाई अराजकता, अश्लिलता र असभ्यतातिर लैजाने खतरा देखिएकाले मिडिया काउन्सिल विधेयक आवश्यक रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बाल्ेदै पुर्वमन्त्री बस्नेतले सभ्य समाज निर्माणका लागि मिडिया काउन्सिल विधेयक अपरिहार्य भएको बताउनुभएको हो ।

सामाजिक सञ्जालमा आएका भ्रामक कुराहरुलाई समाचार बनाएर सनसनी फैलाउने खालका मिडियाहरु पनि सञ्चालनमा रहेका कारण मिडिया काउन्सिल बिधायक आवश्यक भएको उहाँको भनाई छ । अराजकता फैलाउने प्रकारका गतिबिधि गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने उहाँको धारणा छ ।

बस्नेतले उक्त बिधेयक संसोधन वा फिर्ता भन्ने कुरा प्रक्रियामा गईहाल्ने हुनाले धेरै ठूलो रुपमा लिएर आन्दोलन नै गर्नुपर्ने आफुलाई नलागेको बताउनुभयो । उहाँले कसैलाई थर्काउनु परेमा ‘पख् पत्रकार लगाईदिन्छु’ भन्ने अवस्थामा पुगिसकेकाले त्यसतर्फ पनि बिचार गर्नुपर्ने औंल्याउनुभयो ।

विज्ञापन

धार्मिक भ्रमणको क्रममा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले वर्तमान सरकार शिक्षा, स्वास्थ्य, विकास, भ्रष्ट्राचार उन्मुलन, अपराधी नियन्त्रण जस्ता कार्यमा जुटेको दावी गर्नुभयो । उहाँले महालेखाले देखाएको अनियमितता, कर बक्यौता लगायतका विषयमा पनि सरकार कटिबद्ध रहेको जनाउनुभयोे ।

करदाता र श्रमदाताको सम्मानले मुलुकको समृद्धि हुने भएकाले सरकार त्यसैको पक्षमा उभिएको बस्नेतले उल्लेख गर्नुभयो । उहाँले कुलमानसँगको प्रशंग आफुले छुँदै नछोएको बताउनुभयो । महालेखाले देखाएका बेरुजुहरुलाई सरकारले छानबिन गर्ने प्रशंगमा मिडियाले कुलमानसँग किन जोडे भन्ने आफैलाई थाहा नभएको उहाँले स्पष्ट पार्नुभयो । आफुले ब्यक्तिलाई ईंगित गरेर बोल्ने स्वभाव आफ्नो नभएको बस्नेतको उक्ती छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार