होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • एक्सन हिरो विराज भट्टले पनि निर्देशनमा डेब्यु गर्ने
प्रचलन

एक्सन हिरो विराज भट्टले पनि निर्देशनमा डेब्यु गर्ने

  • नागरिक रैबार
एक्सन हिरो विराज भट्टले पनि निर्देशनमा डेब्यु गर्ने

बैशाख २२, २०७६

एक्सन हिरोका रूपमा स्थापित नायक विराज भट्टले पनि निर्देशनमा डेब्यु गर्ने भएका छन्। राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच नायक भट्टले साङ्लो नामक फिल्म निर्माण गर्ने र त्यसको निर्देशन आफूले गर्ने घोषणा गरे।

भोलि मंगलबार सुटिङ फ्लोरमा जाने फिल्ममा विराजले पूर्वमिस नेपाल निकिता चाण्डकलाई नायिकाका रूपमा डेब्यु गराउने भएका छन्। २ करोड रुपियाँको बजेटमा निर्माण हुने फिल्ममा तेजबहादुर खड्काको लगानी रहनेछ।

विज्ञापन

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा विराज र निकिताका साथमा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतका कलाकारले अभिनय गर्ने छन्।

५० दिनमा छायांकन पूरा गरिने फिल्ममा शिवम् अधिकारीको पटकथा र संवाद, सुरेश अधिकारी, राजनराज शिवाकोटी र विनोद खम्बुको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र मानकृष्ण महर्जनको छायांकन रहनेछ। काठमाडौं, सुदूरपश्चिम डोटीको जोराइल, खप्तड र मुस्ताङमा छायांकन गरिने फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने विराजले बताए।

उनले कथाको मागअनुसार मुख्य भूमिकामा पूर्वमिस नेपाल निकितालाई छनोट गरेको बताए। उनका अनुसार एक्सन–लभस्टोरी जनराको फिल्म भोजपुरी र हिन्दीमा पनि डब गरिनेछ।

कार्यक्रममा पूर्वमिस नेपाल निकिताले डेब्यु फिल्म नै स्थापित एक्सन स्टार विराज भट्टसँग गर्न पाउनु आप्mनो लागि सौभाग्यको विषय भएको बताइन्।

‘मलाई फिल्मबाट अफर आउँदा नै गर्दिनँ भनेर पक्का भएर निर्माता तथा निर्देशक विराजलाई भेट्न गएकी थिएँ। अभिनय सिकेर मात्र फिल्ममा काम गर्छु भन्ने सोच थियो।

उहाँले फिल्मको फाइनल स्क्रिप्ट पढेर सुनाएपछि पनि म अहिले सिनेमाका लागि प्रिपियर छैन भनेकी थिएँ’, निकिताले सुनाइन्– ‘उहाँले काम गर्दै जाँदा सबै कुरा बिस्तारै सिकिन्छ भन्नुभयो, स्क्रिप्ट पनि निकै मन परेकाले छाड्न सकिनँ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार