होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • दाल भात तरकारी बम्पर व्यापार
प्रचलन

दाल भात तरकारी बम्पर व्यापार

  • नागरिक रैबार
दाल भात तरकारी बम्पर व्यापार

बैशाख २२, २०७६

गत शुक्रबार देशभर रिलिमा आएको फिल्म दाल भात तरकारीले बम्पर व्यापार गरेको छ। देशभरका हलबाट दर्शकको साथ पाएको फिल्मले राजधानीका सिंगलदेखि मल्टिप्लेक्स हलसम्म बम्पर व्यापार गरेको हो।

शुक्रबार कुनै हलमा हाउसफुल र कुनै हलमा औसत व्यापार गरेको दाल भात तरकारीले शनिबार देशैभर आक्रामक व्यापार गरेको छ। राजधानीको गोपीकृष्ण मुभिज, अष्टनारायण हलदेखि मल्टिप्लेक्समा समेत यसले आक्रामक व्यापार गरेको छ। शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोमै दर्शकको उपस्थिति बाक्लो थियो भने दिवा शोबाट अधिकांश हल हाउसफुल रहे। बिहानैबाट हरेक शोमा ९५ देखि सय प्रतिशत दर्शक हलहरूले पाएका छन्।

विज्ञापन

फिल्मका प्रस्तुत किरण केसीले फिल्मको व्यापार लोभलाग्दो भएको भन्दै दर्शकलाई धन्यवाद दिए। ‘दर्शक नै हाम्रो भगवान् हुन््। फिल्मले पाएको प्रतिक्रिया र दर्शकको उपस्थितिले हौसला थपेको छ।’ –केसीले भने। मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म हेरेर निस्किएका दर्शकले फिल्म मन पराएका छन्।

फिल्मप्रतिको दर्शक उत्साह पाएपछि यसका कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सूदन केसीलगायतले शनिबार बिहानैदेखि राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे। उनीहरूले गोपीकृष्ण, अष्टनारायण, एफक्युबलगायतका हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए। फिल्मले आइतबार पनि राम्रो व्यापार गरेको छ।

किरण केसीको प्रस्तुतिमा मह सञ्चारद्वारा निर्मित फिल्म किरणकै पुत्र सूदन केसीले निर्देशन गरेका छन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, आँचल शर्मा, पुष्प खड्का, शिवहरि पौडेल, वसुन्धरा भुसाल, रविन तामाङ, किरण केसी, राजाराम पौडेल, मन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितवंश आचार्यलगायतले अभिनय गरेका छन्।

फिल्ममा कथा, पटकथा र संवाद हरिवंश आचार्यको रहेको छ भने प्रवीण सिंह र कविराज गहतराजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ। प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरि पौडेललगायतले निर्माण गरेको फिल्ममा अमेरिका जाने सपना बुनेको एक परिवारको कथा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार