होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष नेकपामा प्रवेश
राजनीति

जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष नेकपामा प्रवेश

  • नागरिक रैबार
जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष नेकपामा प्रवेश

बैतडी, २२ भदौ । राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता(कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् ।

सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर) ले टीका लगाई स्वागत गरे ।

नेकपा केन्द्रीय सदस्य कुँवर, बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय प्रेमप्रकाश भट्ट र लीलाधरको उपस्थितिमा सुर्नया गाउँपालिकामा अन्तक्र्रिया तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

विज्ञापन

नेकपाका सुर्नया गाउँपालिका कमिटी प्रस्तावित अध्यक्ष जगदीश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारले गरिरहेका कामकाज तथा पार्टीको आगामी रणनीतिबारे छलफल गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि