होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मकवानपुर
  • ‘सरकार गल्लिमा छ, बाटो नै देख्दैन’
मकवानपुर

‘सरकार गल्लिमा छ, बाटो नै देख्दैन’

  • नागरिक रैबार
‘सरकार गल्लिमा छ, बाटो नै देख्दैन’

बैशाख २२, २०७६

दीपक खड्का पूर्वमन्त्री हुनुहुन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचन जित्नुभएका उहाँ शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी राज्यमन्त्री हुनुहुन्थ्यो । सरकार बनेको १४ महिना बितिसक्दा पनि जनताको चाहना अनुसार एउटै पनि काम नभएको दावी गर्ने उहाँ सरकारले कुनै बाटो नलिएको बताउनुहुन्छ । उहाँ सरकार बाटोमा भन्दा पनि गल्लीमा भएको तर्क गर्नुहुन्छ ।

‘सरकारले बाटो बिरायो भन्ने नै छैन किनभने सरकार त गल्लिमा छ’ उहाँ भन्नुहुन्छ ‘ जे जसरी भएपनि कम्युनिस्ट नामको पार्टीले मत पाएको छ, सरकार छ तर भएजस्तो देखिएन ।’ खड्काले सरकार गलत मनाशयले अघि बढेको आरोप लगाउनुभयो । भ्रष्टाचार , अनियमितता र कालोबजारी बढेकोमा उहाँलाई चिन्ता छ । सरकारले राम्रो काम गरोस् भन्ने मेरो पनि चाहना हो भन्ने उहाँ आफ्नो चाहनालाई सरकारले वेवास्ता गरेको बताउनुभयो । खानेपानी राज्यमन्त्री हुँदा मेलम्चीको पानी ल्याउन पहल गरेको बताउँदै उहाँले अन्तिम अवस्थामा आएर निर्माण रोकिनु ठूलो दुर्भाग्य भएको बताउनुहुन्छ । आफूले मन्त्री हुँदा मेलम्चीको लागि रातदिन काम गरेको र अप्ठेरो पर्दा ठाउँमै गएर भुक्तानीसमेत दिएको उहाँको दावी छ ।

विज्ञापन

नेपाली कांग्रेसमा आन्तरिक द्धन्द्ध बढेकामा उहाँलाई पनि चिन्ता छ । उहाँले कुनैपनि बहानामा कांग्रेसलाई कमजोर पार्न खोजिएको बताउनुहुन्छ । निर्वाचनका बेलामा देखिने अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य गर्नु पार्टीको प्रमुख दायित्व हो भन्ने उहासँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानी–

अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
अहिलेको राजनीतिक अवस्था अत्यन्तै चिन्ताजनक छ । गतसाल भएको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यो वा त्यो आश्वासन दिएर भनेजस्तो मत ल्याउन सक्यो । केही होला कि भनेर जनताले मतदान पनि गरे तर अहिले हिजो उनीहरुलाई मतदान गर्नेहरु पछुताउन थालेका छन् ।

सरकार एकातिर दिनैपिच्छे कमजोर बन्दै गएको छ भने अर्कातिर जनतालाई सधैं गाली गर्दै, आरोप लगाउँदै र हप्काउँदै अघि बढेको छ । साँँच्चै भन्ने हो भने यो सरकार हो कि होइन भन्ने नै ‘कन्फ्युज’ छ । जताततै काण्ड छ, एकपछि अर्को श्रृंखला बढदै गएको छ । तरपनि सरकार टुलुटुलु हेरेर बसेको छ । आपराधिक घटना रोक्नुको साटो उल्टै प्रश्रय दिइरहेको छ । पार्टीगतभन्दा पनि व्यक्तिगत स्वार्थ पूरा गर्नमा नै सबै तल्लीन छन् ।

भनेपछि अब भोलिको दिनमा केही आशा गर्न सकिन्छ कि सकिँदैन ?
यही ताल हो भने आशा त होइन झनै निराशा बढेर जान्छ । अहिलेसम्म कुनैपनि राम्रो काम एउटै भएको कसैले देखाउँछ भने म पुरस्कार दिन्छु । म त विपक्षी पार्टीको मान्छे भएँ केही आलोचना गरौंला तर सत्तापक्षका साथीहरुले पनि हाम्रो सरकार र पार्टी कमजोर भयो भनिरहेको बेला मैले पनि त्यसैमा थप्नु उपयुक्त नहुन सक्छ ।

देशमा नयाँ व्यवस्था फेरिएको छ यसमा धेरैको आशा थियो तर व्यवहार नफेरिँदा ‘जुन जोगी आएपनि कानै चिरेको’ भनेजस्तै भएको छ । २ तिहाइको सरकार भनेर प्रधानमन्त्री ओली घमण्ड गर्दै रमाएका छन् । यो संख्या केबल रमाइलो मान्नका लागिमात्र सिमित रह्यो । सुशासन दिन, रोजगारी सिर्जना गर्न र जनताको हक अधिकार संरक्षण गर्न यो सरकारले सकेन । जिम्मेवार पदमा बसेका मान्छेले दिएका जथाभावी अभिव्यक्तिले नै सरकार के गर्दैछ भन्ने सजिलै बुझ्न सकिन्छ ।

एउटा राम्रो पक्ष लोडसेडिङ अन्त्य भएको छ तर यो सरकारले मात्र गरेको हो भन्नेचाँही होइन । यसअघि पनि धेरै काम भएका थिए जे होस् अहिले यो सरकारमाथि जस गएको छ । तर भोलिको दिनमा केही गर्नै सकिँदैन भन्ने होइन, मुख्य कुरा गर्ने भन्ने सोच पलाउनु जरुरी छ । सधैं अरुलाई गाली गरेर, बक्रनजर लाएर र सरापेर सरकारले अघि सारेको सुखी नेपाली, समृद्ध नेपालको नारा पूरा हुन सक्दैन । कि नारा फेर्नुपरो कि व्यवहार । म त भन्छु यो नारालाई परिवर्तन गरेर सुखी म , समृद्ध मेरो परिवार र नातागोता भन्नुपर्ने भएको छ ।

यो बेला सरकारले के गर्नुपर्दथ्यो ?
मुख्यगरी यो सरकारले प्रमुख प्रतिपक्षीको पनि कुरा सनेर अरुसँग पनि सहयोग मागेर जानुपर्दथ्यो । तर अहिले त्यो अवस्था छैन । ममात्र जान्ने हुँ अरु केही होइनन्, केही काम लाग्दैनन् भन्दा यो अवस्था आयो । अरुले पनि जानेका होलान् र केही ज्ञान लिऔं भन्ने सोच नै पलाएन । सँगसँगै नेपाली कांग्रेस किन बोलेन भन्ने प्रश्न पनि आएको छ । यसको खास अर्थ के हो भने सुरुमा नै किन विरोध गर्नु, केही काम गरोस् भनेर चित्त नबुझेका कुरामा पनि चुपचाप भयौं ।

कांग्रेस नबोल्दा अहिले भइरहेको व्यवस्थामाथि नै प्रहार भएको छ, जनताका हक अधिकार खोसिएका छन् । यतिसम्म कि जनताको बोल्न पाउने मौलिक हक पनि खोसिएको छ । पत्रकारलाई नियन्त्रण गर्न अनेक किसिमका कानुन बनाइएको छ । वास्तवमा यो सरकार जनताको हो र जनताकै लागि काम गर्दैछ भन्ने अनुभुति नै हुन सकेन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार