होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग गरौं : प्रचण्ड
राजनीति

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग गरौं : प्रचण्ड

  • नागरिक रैबार
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहयोग गरौं : प्रचण्ड

१८ वैशाख, हेटाैंडा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्बन्धित सबै पक्षलाई सक्दो सहयोग गर्न आह्वान गरेका छन्।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न सरकारले सोसँग सम्बन्धित ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगको नयाँ गठन प्रक्रिया सुरू गरिसकेको पनि जानकारी दिए।

विज्ञापन

मानव अधिकारवादी नेता पदमरत्न तुलाधरको जीवनीमा आधारित पुस्तक ‘सर्वरत्न’ को बुधबार काठमाडौंका एक कार्यक्रमका बीच विमोचन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गरेर नेपालले विश्वमै उदाहरणीय ढंगले शान्ति प्रक्रियालाई पूरा गरेको सन्देश दिने अवसर गुमाउन नहुने पनि स्पष्ट पारे।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी मूल्य र मान्यताको आधारमा शान्ति प्रक्रिया अन्तरगत सेना समायोजनलगायतका महत्वपूर्ण काम सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी कामलाई पूर्णता दिन ढिलाइ गर्न नहुने पनि बताए।

त्यस अवसरमा उनले आफू नेतृत्वको तत्कालीन माओवादी विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय पदमरत्न तुलाधरले पुर्‍याएका योगदानको स्मरण पनि गराए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार