होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, चैत्र २८, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हेटौंडा- काठमाडौ सडक बन्द, बाघझोरामा अवरुद्ध
समाचार

हेटौंडा- काठमाडौ सडक बन्द, बाघझोरामा अवरुद्ध

  • नागरिक रैबार
हेटौंडा- काठमाडौ सडक बन्द, बाघझोरामा अवरुद्ध

२७ असार, मकवानपुर । बिहीबारदेखि निरन्तर भएको वर्षाका कारण बाघझोरामा सडक अवरुद्ध भएको छ । खोलाले बाटो छेकेपछि सो सडक भएर हेटौँडातर्फ तथा हेटौँडाबाट भिमफेदी, काठमाडौंतर्फ जाने सवारीहरु बाटैमा रोकिएका छन् ।

अहिले प्रहरीसहितको टोली बाटो खुलाउने प्रयासमा जुटेका छन् भने खोलामा बढेको पानीको बआवका कारण बाटो खुलाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

बाटो अवरुद्ध भएपछि सबैलाई फर्काईएको समेत एसपी सिंहले जानकारी दिए । असार साउनमा आउने बाढीले दैनिकजसो सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथ र हेटौंडा कुलेखानी काठमाडौं सडकबाट ओहोरदोहोर गर्ने यात्रुहले यसरी नै सास्ती भोगिरहेका हुन्छन् ।

विज्ञापन

डिभिजन सडक कार्यालय हेटौंडाले उक्त स्थानमा स्ल्याब गरेता पनि त्यसले समस्या समाधान गर्न सकेको छैन । कार्यालयले करिब २० लाख रुपैयाँ लगानी गरेर स्ल्याब बनाएको थियो । सिमेन्ट उद्योगले ओखरे खानी सञ्चालनमा ल्याएपछि २०३६ सालसम्म खोल्साको रुपमा रहेको बाघझोराले विकराल रुप लिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै