होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मकवानपुर
  • “गर्व महसुस भएको छ”
मकवानपुर

“गर्व महसुस भएको छ”

  • नागरिक रैबार
“गर्व महसुस भएको छ”

बैशाख २२, २०७६

केशवकुमार विष्ट
सदस्य–सचिव, राखेप
आफ्नो एकै कार्यकालमा सातौं र आठौं गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई संस्करण गराएर राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य–सचिव केशवकुमार विष्ट अहिले चर्चित बनेका छन्। एउटै कार्यकालमा दुईपटक राष्ट्रिय खेलकुद र एकपटक राखेप च्याम्पियनसिप गराउने उनी पहिलो सदस्य–सचिव हुन्। तर, खेल विकास प्रतियोगिता मात्र गराएर हुने हो कि अथवा खेलसँग जोडिएका सम्पूर्ण पक्षलाई सबल बनाउनुलाई भनिन्छ भन्ने विषयमा भने सवाल उठ्ने गरेको छ। यस अर्थमा भर्खरै सम्पन्न आठौं राष्ट्रिय खेलकुदलाई पनि मूल्यांकन गर्न आवश्यक छ। झन्डै साढे दुई वर्षको अन्तरालमा दुई राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु सुखद पक्ष हो, तर प्रतियोगिता कसरी गरायो, स्तर कस्तो थियो र सफल भयो कि भएन, कहाँ र के मा त्रुटि भयो भन्ने विषयमा खेलसम्बद्ध व्यक्तिहरूको भने आ–आफ्नै तर्क रहेको छ।

प्रतियोगिताका सम्बन्धमा सकारात्मकभन्दा नकारात्मक कुरा हावी भएको देखिन्छ। तर, सदस्य–सचिव विष्ट भने आफ्नो कार्यकालमा दुई राष्ट्रिय खेलकुद आयोजना गर्न सकेकोमा नै गर्व महसुस भएको बताउँछन्। यसै विषयमा सदस्य–सचिव विष्टसँग नेपाल समाचारपत्रका संवाददाता कविरस शर्माले गरेको कुराकानीको सारांश ः

एकै कार्र्यकालमा दुई राष्ट्रिय प्रतियोगिता गर्न पाउँदा कस्तो महसुस भयो?
मैले त गर्व महसुस गरेको छु। मेरो कार्यकालमा दुई प्रतियोगिता आयोजना गर्ने सौभाग्य प्राप्त भयो। यसलाई विवादरहित ढंगले र एकताबद्ध ढंगले गरियो। एउटा उत्साह जगाउन सकियो। खेलाडीको सपना पूरा गर्न सकियो। इच्छाशक्ति हुँदा गर्न सकिँदो रहेछ। आफ्नो कर्तव्य पूरा गर्न सकिँदो रहेछ भनेर म सन्तुष्ट छु।

विज्ञापन

आठौं राष्ट्रिय खेलकुद कस्तो भयो ?
आठौं राष्ट्रिय खेलकुद भव्यरूपमा आयोजना भएको छ। अहिलेसम्म कै राष्ट्रिय खेलकुदमा बढी व्यवस्थित, बढी आफ्नै पूर्वाधारमा बनेको, बढी सुविधा पनि प्राप्त भएको, खाने बस्ने, यातायात स्वास्थ्य सबैमा अब्बल भयो। अझै पनि हामीले भनेजस्तो खेलकुदलाई आवश्यक परेको सबै काम गर्न सकेका छैनौं। हामीसँग सिमित बजेट छ। भनेजस्तोे गर्न सकिएन। तर, अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता हो। जे गर्न सकिन्थ्यो त्योभन्दा राम्रो गरेका छौं।

पूर्र्वाधार निर्माणले पूर्णता नपाउँदै प्रतियोगिता गर्दा कस्तो समस्या देखियो ?
पूर्वाधारका सम्पूर्ण काम कतिपय ठाउँमा भइसकेका छैनन्। त्यो भनेको समिति र विकास निर्माणको जिम्मा लिनेले चासो राख्ने कुरा हो। खेलको गुणस्तरमा, खेल्ने वातावरणमा, खेलाडीमा खासै समस्या परेको छैन।

कतिपय खेल सम्पन्न भइसक्दा पनि खेलाडीले पोशाक नपाउनुका कारण के थियो ?
ट्र्याकसुट लगाएर खेल्ने होइन। मार्चपास मात्र गर्ने हो। खेल्ने पोशाक त समयमै आएको छ। कतिपय खेल औपचारिक उद्घाटन हुनुअघि नै शुरू भएको थियो। त्यति बेला भारतमा निर्वाचन थियो। भन्सार बन्द गरिएको थियो। तैपनि पछि उपलब्ध गरायौं। घर गएकाले पनि प्राप्त गर्छन्। आजसम्मकै स्तरीय ट्र्याकसुट हामीले उपलब्ध गराएका छौं। हामीले करिब ३५ सय रुपियाँमै ट्र्याकसुट, ब्याग, जुत्ता, मोजा अहिलेसम्मकैै उत्कृष्ट उपलब्ध गराएका छौं।

राष्ट्रिय खेलकुद नियमित गर्न के गर्नुपर्ने रहेछ ?
जिम्मेवारी पाएपछि सक्दो प्रयत्न गरेर काम गर्नुपर्छ। ०६८ सालमा आयोजना भयो। ०७० सालमा गर्नुपथ्र्यो, ०७२ सालमा गर्नुपथ्र्यो। एकैपटक म आएपछि ०७३ सालमा गरियो। हामीले २ वर्षभित्र आयोजना ग¥यौं। यो खाले इच्छाशक्ति हरेक सदस्य–सचिवले राख्नुपर्छ। यो खालको जोखिम मोल्न सक्ने, नेतृत्व गर्न सक्ने क्षमता राख्ने मात्र सदस्य–सचिव हुनुपर्छ।

तपाईंकै नेतृत्वमा रहेको सातौंभन्दा आठौं कसरी बढी व्यवस्थित मान्नुहुन्छ ?
हामीले विगतमा भन्दा सातौंलाई अलि व्यवस्थित ग¥यौं। सातौंभन्दा अहिले अझ व्यवस्थित ग¥यौं। अरू कुरा त धेरै सुधार ग¥यौं। खेलाडीको भत्ता बढाउनेदेखि लिएर, विवादरहित बनाउने कुरामा सफलता प्राप्त ग¥यौं। मात्र पूर्वाधार बनाउन सकेका थिएनौं।
त्यो कुरामा अहिले सफलता पाएका छौं। समारोह सातौंभन्दा भव्य भयो। त्यो बेलामा मधेस आन्दोलन चलिरहेको थियो। हामीले दिउँसो गर्नुपरेको थियो। हतारमा गर्नुपरेको थियो। त्योभन्दा बढी व्यवस्थित भयौं। नवौंलाई अझ व्यवस्थित गर्नुपर्छ। अझ बढी पूर्वाधार, खेलाडीलाई अझ बढी सुविधा दिएर आयोजना गर्नुपर्छ भन्ने कुरामा अहिलेदेखि नै शुरू गर्नुपर्छ। मेरो कार्यकाल जति दिन रहन्छ, त्यति दिनसम्म नवौंका लागि तयारी गरिरहन्छु।

आठौं कसरी सफल भएको ठान्नुहुन्छ ?
खेलस्थल धेरैतिर नछरेर एकै ठाउँमा भएको भए अझ बढी चहलपहल हुन्थ्यो। अझ बढी रौनकता र कामलाई व्यवस्थित गर्न सकिन्थ्यो। कतिपय ठाउँमा पूर्वाधार नै छैैन।

अझै गर्न सकिने कुरा थुप्रै थियो। बजेटको बाध्यताले गर्न सकेनौं। जे होस् खेलाडीले २ वर्षभित्रै राष्ट्रिय प्रतिभा देखाउन पाए। हाम्रो सफलता यही हो।

यसको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
यो श्रेय सबैलाई जान्छ। नेपाल सरकारले बजेट दियो। सरकारलाई धन्यवाद दिनुपर्छ। मन्त्रालयले संरक्षण गरिदियो। हामी बोर्ड एकढिक्का भएर निर्णय गरिदियौं। हाम्रा सबै कमिटी परिचालन भए। खेलस्थलका बासिन्दा, पत्रकार मित्रहरू, सुरक्षा निकायहरू सबैको प्रयत्नले सफलता मिलेको हो। सबैको सामूहिक साझा प्रयत्नले यो सफलता हासिल भएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार