होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश १
  • देउवाको प्रश्न : हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?
प्रदेश १

देउवाको प्रश्न : हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?

  • नागरिक रैबार
देउवाको प्रश्न : हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?

२५ वैशाख, काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई बेलायतीको महारानी जस्तै बनाउन खोजेको आरोप लगाएका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको पनि अहिले तोडिएकोमा आपत्ति जनाए ।

विज्ञापन

उनले भने, ‘राष्ट्रपतिले मेरो सरकार भनिन् । यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले नेपाल सरकार भनेका थिए । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ?’

उनले अघि भने, ‘हर मेजेस्टी भन्ने ? हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै