होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • नवलपुर
  • विद्यालय भर्ना अभियान मात्र कि टिकाउने पनि ?
नवलपुर

विद्यालय भर्ना अभियान मात्र कि टिकाउने पनि ?

  • नागरिक रैबार
विद्यालय भर्ना अभियान मात्र कि टिकाउने पनि ?

बैशाख २२, २०७६

सरकारले १५ जिल्लामा सघन भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई लक्षित गर्दै शैक्षिकसत्र–२०७६ मा ती जिल्लामा सघन अभियान सञ्चालन गर्न लागेको हो । वैशाख १ गतेबाट नयाँ अभियान शुरू हुने भएको छ । स्थानीय तहको सहयोगमा सरकारले भर्ना अभियान सञ्चालन गरेको हो । देशभर करिब ५९ हजार विद्यालय उमेर समूहका बालबालिका विद्यालयबाहिर रहेका छन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियान डेक्स स्थापना गरी अभियान सञ्चालन गरेको हो । १५ जिल्लासँगै विद्यार्थी भर्ना दर कम भएका १ सय ३६ गाउँपालिकामा समेत अभियान सञ्चालन भईरहेको छ । केन्द्रले स्थानीय निकायलाई बजेट विनियोजन गरी विद्यार्थी भर्ना गर्न आहवान गरेको छ ।

विज्ञापन

सरकारले गत वर्ष गरेको अभियानमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, सबै मन्त्री, प्रदेश मुख्य मन्त्री, मन्त्री,सांसद, कलाकार, विभिन्न क्षेत्रका कहलिएका व्यक्ति, सचिव लगायत अधिकांस विशिष्ट व्यक्तिहरुले एक वालवालिकाको स्वामित्व ग्रहण गर्दै भर्ना अभियानमा सहभागि भएका थिए । सहभागिता उत्साहजनक भए पनि विधार्थीलाई विद्यालयमा टिकाउनका लागि खासै पहल भएन । वैशाखमा विद्यालय पुगेका धेरै विधार्थी असार नलाग्दै पुन ः विद्यालय भन्दा बाहिर गए । यहाँ सम्म की अभिभावकत्व ग्रहण गरेका विधार्थीहरु पनि विद्यालय वाहिर गए । विधार्थी भर्ना संगसंगै विधाद्यालयमा विधार्थी किटाउने योजना खोई त ?

तथ्याङ्कअनुसार तराईका ६ जिल्लामा सबैभन्दा धेरै बालबालिका विद्यालयबाहिर रहेका छन । तराईका रौतहट, पर्सा, बारा, महोत्तरी, सिराहा, धनुषा, डोल्पा, जुम्ला, डोटी, रोल्पा, बझाङ, अछाम, जाजरकोट र बाँकेमा सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेका छन । बिद्यालय भर्ना भएका लगभग ५० प्रतिशत बिधार्थीहरु कुनै न कुनै बहानामा बिचैमा पढाई छोडने गरेका छन । तराईमा कायम रहेको बाल बिवाह, दाईजो प्रथा, गरिवि, तथा बेरोजगारीका कारणले बिधार्थीहरु बिद्यालय स्तरको शिक्षा पुरा नै गरि बिद्यालय छोडने गरेका छन ।

जुन सुकै बहानामा बिधार्थीहरु बिचै बिद्यालय छोडनु राम्रो होईन । यसका लागि सम्बन्धित बिद्यालय, अभिभावक, स्थानीय सरकार जिम्मेवार बन्नु पर्छ । बिद्यालयमा आएका बिधार्थीहरुलाई बिद्यालयमा टिकाई राख्नका लागि बिद्यालयको पठन पाठन, बिद्यालयको वातारण पनि राम्रो हुन आवश्यक छ तर त्यस्तो भएको पाईदैन । बिद्यालय भर्ना तथा स्वागत कार्यक्रम जोडतोडका साथ संचालन गर्ने तर बिद्यालमा भएका बिधार्थीहरुको लागि खासै केहि नभएको देखिन्छ । केहि समय पहिला सरकारले बालबालिकाहरुका लागि केहि बिद्यालयहरुमा खाजा कार्यक्रम संचालन गरे पनि अहिले कुनै कार्यक्रम छैन । बिद्यालयमा बिधार्थीहरुलाई टिकाई राख्ने जिम्मेवार कसको हो त ?

बिधार्थी भर्ना तथा स्वागत कार्यक्रम संचालन गरेर बिद्यालय भन्दा बाहिर रहेको बालबालिकाहरुलाई बिद्यालय सम्म ल्याउने प्रयास राम्रो भए पनि यसलाई प्रभावकारी बनाउन आवश्यक छ । बिद्यालयम सम्म आईसकेका बालबालिकाहरुलाई बिद्यालय स्तरीय शिक्षा सम्म हासिल गराउका लागि बिद्यायले महत्पुर्ण भुमिका निर्वाह गर्न आवश्य रहेको बताउनु हुन्छ अभिभावक मौलादिन मियाँ । बिद्यालय भर्ना कार्यक्रमको संग संगै बिधार्थी टिकाउ अभियान पनि संचालन गर्ने हो की ? बिधार्थी अनुकुल बातावरण तयार गर्ने हो की ? कसरी बिद्यालयलाई राम्रो र शिक्षण मैत्री, बाल बालिका मैत्री बनाउन सकिन्छ त्यसको अभियान पनि संचालन गर्न जरुरी देखिन्छ होईन भने प्रत्येक बर्ष बिधार्थी भर्न गर्ने र बिद्यालय छोडने क्रमम जारी रहयो भने बिधार्थी भर्ना अभियानको कुनै अर्थ हुदैन ।

गत वर्ष विद्यालय भर्ना संगसंगै अभिभावकत्व ग्रहण गर्ने अभियानले आशा पलाएको थियो तर अभिभावकत्व ग्रहण भएका विधार्थीको अवस्था हेर्दा झन दयनिय छ । मन्च गोदीमा राखेर भर्ना गरी अभिभावकत्व ग्रहण गरेका अभिभावकहरु पछि फर्कर हेरेनन् । अभिभावकत्व ग्रहण गरेर मात्र भएन यसलाई निर्वाह गर्नु पर्छ यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस होईन भने अभिभावकत्व ग्रहण फिर्ता गर्नका लागि पनि दवाव दिन सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार