होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • प्रदेश १
  • हडपेको ३० वर्षपछि सरकारको नाममा आयो जग्गा
प्रदेश १

हडपेको ३० वर्षपछि सरकारको नाममा आयो जग्गा

  • नागरिक रैबार
हडपेको ३० वर्षपछि सरकारको नाममा आयो जग्गा

२५ वैशाख, काठमाडौं

व्यक्तिको नाममा गएको आठ कठ्ठा १० धुर जग्गा ३० वर्षपछि सरकारको नाममा फिर्ता ल्याइएको छ ।

प्रदेश २ को राजधानी जनकपुरस्थित रेलवे विभागको नाममा रहेको जग्गा एक राइस मिलले आफ्नो बनाएको थियो । वि. सं. २०४५ सालतिर रेलवेको आठ कठ्ठा १० धुर जग्गा जानकी राइस एण्ड आयल मिलले गलत नापी गराएर आफ्नो नाममा लिएको थियो । यो जग्गा रेलवे विभागको नाममा फिर्ता ल्याइएको जिल्ला मालपोत कार्यालय धनुषाका प्रमुख रामबाबु मण्डलले बताए ।

विज्ञापन

मण्डलका अनुसार जनकपुरधाम उपमहानगरपालिका १ स्थित मिल्स एरियामा रहेको आठ कठ्ठा १० धुर जग्गा रेलवे विभागको नाममा फिर्ता भएको हो ।

सिट नं. १३५६-१३ कित्ता नं. १५७ र १५८ र सोही सिटको १३५६-०८ कित्ता नं. ३४७ र ३४८ गरी कूल दुई हजार ८८०.५६ वर्ग मिटर जग्गा रेल विभागको नाममा फिर्ता छ ।

२०४५ सालको शहरी क्षेत्र नापी क्याम्पबाट नापी हुँदा सोही कित्ताको उत्तर तर्फको कित्ता नं. १७ को १२ कठ्ठा जग्गा जानकी राइस एण्ड आयल मिलले आफ्नो जग्गामा घुसाई नापी गराएको थियो । उक्त मिल्सको नाममा अस्थायी दर्ता गर्ने गरी गरेको निर्णय गैरकानूनी रहेको भन्दै रेल विभागले कानूनी प्रक्रिया अगाडि बढाएको थियो ।

विक्रम सम्वत् १९९४ को मास्टर प्लानमा रेलवेको नाममा दर्ता भएको जग्गा मिलको नाममा दर्ता भएपछि विभागले जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । जिल्लाले रेल्वे विभागको पक्षमा निर्णय दियो । लगत्तै मिलका सञ्चालकहरू सर्वोच्चमा मुद्दा हाले ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा रहँदा मालपोत कार्यालयले मिलको नाममा दर्ता गर्‍यो । तर, १० असोज २०६२ मा सर्वाेच्चले रेलवेकै नाममा जग्गा ठहरिने फैसला गर्‍यो ।

सर्वोच्चले आदेश कार्यान्वयन भएन । रेल्वे विभागले पुनः २०६८ सालमा जिल्ला अदालत गुहारेको थियो तर, विभाष्का अधिकारीहरूले चासो दिन छाडेपछि मुद्दा तामेलीमा गएको थियो । तर अहिले जग्गा रेल्वेको नाममा फिर्ता भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार