होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सल्यानमा बस दुर्घटना हुदाँ १३ जना घाइते
समाचार

सल्यानमा बस दुर्घटना हुदाँ १३ जना घाइते

  • नागरिक रैबार
सल्यानमा बस दुर्घटना हुदाँ १३ जना घाइते

मंसिर २०, सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाकाे छत्रेश्वरी गाउँपालिका -४ बाट दाङ तर्फ छुटेको ना ५ ख २८९० नम्बरको बस शुक्रबार कपुरकोट गाउँपालिका ५ स्थीत अरिङ्गालेफेदी भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा शारदा नगरपालिका -१ निवासि १९ वर्षिय प्रकाश रावत, छत्रेश्वरी -३ निवासि १७ वर्षिय जानकी पुन, दाङ शान्तिनगर -६ निवासि ४५ वर्षिय हिर्मि पुन, दाङ तुलसिपुर -९ निवासि ३७ वर्षिय शारदा चौधरी, तुलसिपुर -३ निवासि ५३ वर्षिय टिका गुरुङ रहेको श्रीनगर स्थित कान्तीपुर सामुदायीक अस्पतालले जनाएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार घाइते मध्ये ८ जना उपचार पश्चात घर गईसकेका छन् भने अन्य ५ जनाको उपचार भइरहेको छ ।घर फर्किने घाइतेहरुमा छत्रेश्वरी -४ निवासि ६६ वर्षिय वेद बहादुर खत्री, दाङ दंगीशरण -४ निवासि ४३ वर्षिय एकलाल खड्का, दंगीशरण -६ निवासि ४२ वर्षिय उमा पुन, दंगीशरणकै -३ नम्बर वडा निवासि २४ वर्षिय भिमसेन केसी, छत्रेश्वरी -३ निवासी १८ वर्षिय दिपक गिरी, ३१ वर्षिय चन्द्र बहादुर थापा, शान्तिनगर -६ दाङ निवासि ५६ वर्षिय लक्ष्मी खत्री, तुलसिपुर -६ निवासि २० वर्षिय विनोद वस्नेत रहेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि