होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रथम जिल्ला सभा मार्तडीमा शुरु, सांसद थापाद्धारा उद्घाटन्
समाचार

प्रथम जिल्ला सभा मार्तडीमा शुरु, सांसद थापाद्धारा उद्घाटन्

  • नागरिक रैबार
प्रथम जिल्ला सभा मार्तडीमा शुरु, सांसद थापाद्धारा उद्घाटन्

नागरिक रैबार/ बाजुरा १८ असार । बाजुरा जिल्लाको प्रथम् जिल्ला सभा सदरमुकामम मार्तडीमा बुधबार सुरु भएको छ । संघियता कार्यान्वयन भएपछि पहिलो पटक जिल्ला समन्वय समिति बाजुराले जिल्ला सभा आयोजना गरेको हो ।
जिल्लामा रहेका स्थानीय तहले अघिल्लो आर्थिक बर्षमा गरेका बिकास कामकारवाहीको समिक्षा तथा आगामी रणनीति र स्थानीयतह बिचको समन्वयलाई प्रभावकारी बनाउन जिल्ला सभाको आयोजना गरिएको हो ।


सभाको प्रतिनीधि सभा सदस्य माननीय लालबहादुर थापाले पानसमा बत्तिबालेर समुद्घाटन गरेका छन् । बडीमालिका नगरपालिकाको सभा हलमा जारी सभामा सूदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनु मन्त्री प्रकास बहादुर शाह, प्रदेस सभा सदस्य बलदेव रेग्मी लगायत जिल्लाका नौँ वटा स्थानीय तहका प्रमुख र उप–प्रमुखहरु र जिल्ला समन्वय समितिका सदस्यहरुको सहभागीता रहेको छ ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा जारी सभाको संचालन जिल्ला समन्वय अधिकारी तीर्थराज भट्टराइले गरेका छन् । जिल्ला सभा उद्घाटन सत्र र बन्द सत्र गरी दुई भागमा संचालन गरिने जिल्ला समन्वय अधिकारी भट्टराइले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार