होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यार्थीहरुका लागि विद्यालयमै दाल र भातको व्यवस्था
समाचार

विद्यार्थीहरुका लागि विद्यालयमै दाल र भातको व्यवस्था

  • नागरिक रैबार
विद्यार्थीहरुका लागि विद्यालयमै दाल र भातको व्यवस्था

राजेन्द्र बिक/बाजुरा १८ असार। शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराद्वारा संचालित खाजा कार्यक्रमले विद्यार्थीहरुको बिद्यालय प्रती आकर्षण बढाउन विद्यालयमै दाल र भातको व्यवस्था गरेको छ ।


विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको खप्तड छेडेदह गाउँपालिकाकाे फुलबारी आधारभूत बिद्यालय काँडाका प्रधानाध्यापक शेर बहादुर बुढाले बताएका छन् ।
वि.स.२०५७ सालदेखि विद्यालयमा विद्यार्थीहरुका लागि लिटो खुवाउने गरिएको भएपनि पछिल्लो सयममा विद्यालयमा लिटो बन्द गरेर दाल र भात खुवाउन थालिएको स्थानीय बहादुर बुढाले बताएका छन् । विद्यालयमा विद्यार्थीहरुका दिवा खाजाको रुपमा दाल र भात खाजाका रुपमा खुवाउन थालिएपछि यसको प्रभावकारिता झनै बढ्दै गएको छ उनले भने ।


विद्यालयले विद्यालयमै दाल र भातको व्यवस्था गरेपछि अहिले बिद्यार्थी दिवा खाजाको आशले आफै स्वस्फूर्त रुपले तयार भएर स्कुल जाने गरेको स्थानीयहरुले बताउने गरेका छन् ।
जिल्लाका बडीमालिका र बुढिगङ्गा नगरपालिका बाहेकका ७ वटा स्थानिय तहका ५० वडामा १४२ आधारभुत बिद्यालयमा कार्यक्रम संचालित छ । यो कार्यक्रम ले १६ हजार ७ सय ६८ छात्र छात्रा लाई प्रतिदिन प्रति विद्यार्थी १ सय १२ ग्रामका दरले बिश्व खाद्य कार्यक्रमको सहयोगमा खिचडी दाल भात बिद्यालयमै बनाइ दिवा खाजाका रुपमा खुवाउने गरेको शिक्षाका लागि खाद्य कार्यक्रम इकाई कार्यालय बाजुराका इकाई प्रमुख बिजय कुमार ठाकुरले बताएका छन् ।

विज्ञापन


विद्यालयमा विद्यार्थीहरुका लागि दिवा खाजा पकाउने भांडाकुडा पनि उपलब्ध गराइएको उहाँको भनाई छ । यो कार्यक्रमले बालबालिकाको पोषण र स्वास्थ स्थितिमा सुधार, सरसफाइ तथा सामाजिक बिभेदिकरणमा कमि, बिद्यालय उपस्थितिमा वृद्धि हुने र कक्षा छोडी बिचैमा भाग्ने प्रवृत्तिमा कमि आएको विद्यालयले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार