होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एक हप्ताभित्रै कर्मचारी समायोजनको सबै काम सम्पन्न गर्छौं : मन्त्री पण्डित
राजनीति

एक हप्ताभित्रै कर्मचारी समायोजनको सबै काम सम्पन्न गर्छौं : मन्त्री पण्डित

  • नागरिक रैबार
एक हप्ताभित्रै कर्मचारी समायोजनको सबै काम सम्पन्न गर्छौं : मन्त्री पण्डित

शुक्रबार, वैशाख २०, २०७६

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने विश्वास दिलाएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भइसकेको बताए । उनले भने, ‘अहिले स्वास्थ्यतर्फको काम धमाधम भइरहेको छ । एक हप्ताभित्रै सबै समायोजनको काम सम्पन्न गरिसक्छौं । बढिमा यो महिनाभित्रै काम सकिन्छ भन्नेमा म विश्वस्त छु ।’

मन्त्री पण्डितले मुलुक यति बेला संघीयता कार्यान्वयनको चरणमा रहेकोले सरकार त्यसतर्फ सचेत भएर अघि बढिरहेको सुनाए । उनले भने, ‘एकात्मक शासन व्यवस्थाबाट संघीयतामा जाने मुलुकहरुमध्ये नेपाल अरुभन्दा तिव्र गतिमा काम अघि बढाउनेमा पर्दछ ।’

संघीयता कार्यान्वयनका कामहरु अघि बढाउँदा केही अप्ठ्याराहरु आए पनि वर्तमान सरकारले बढो जिम्मेवार ढंगले कामहरु सम्पन्न गरिरहेको पनि मन्त्री पण्डितको भनाई छ । उनले भने, ‘हामीले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनदेखि लिएर प्रशासनिक संरचनाहरु तयार गरिसक्यौं । कर्मचारी समायोजनमा केही समस्या देखिएपनि त्योपनि हामीले कुशलतापूर्वक सम्पन्न गर्दैछौं ।’

समायोजनको विषयमा कर्मचारीहरुले उठाएका र राखेका जायज गुनासाहरुलाई सरकारले सम्बोधन गरेको पनि उनले सुनाए । उनले भने, ‘हामीले कर्मचारीका जायज गुनासाहरु सम्बोधन गरेका छौं । कतिपयको अझै सम्बोधन गर्नुपर्नेछ । त्यसतर्फ हामी गम्भिर छौं ।’ समायोजनको हकमा महिला तथा गम्भिर विरामी लागेका कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिईएको उनले स्पष्ट पारे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि