होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपाका तीन जिल्ला सचिवद्वारा सपथ बहिष्कार
राजनीति

नेकपाका तीन जिल्ला सचिवद्वारा सपथ बहिष्कार

  • नागरिक रैबार
नेकपाका तीन जिल्ला सचिवद्वारा सपथ बहिष्कार

शुक्रबार, वैशाख २०, २०७६

नेकपाका सुदुरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये तीन जिल्लाका सचिवले सपथ बहिष्कार गरेका छन् । वरियतामा तल पारेको भन्दै असहमति जनाएका ३ सचिव भने आइतबार आयोजित सपथ कार्यक्रममा उपस्थित नै भएनन् ।

तत्कालिन नेकपाका डडेल्धुरा पूर्वजिल्ला अध्यक्ष डा.तारा जोशी, बझाङका तत्कालिन एमालेका पूर्वअध्यक्ष दिलबहादुर सिंह र दार्चुलाका तत्कालिन एमालेका पूर्वअध्यक्ष रामदत्त जोशीले सपथ बहिस्कार गरेका हुन् । उनीहरुले समायोजनको मापदण्ड अव्यवहारिक र अवैज्ञानिक भएको आरोप लगाएका छन् ।

विज्ञापन

यता नेकपाका सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका अध्यक्ष र छ जिल्लाका सचिवले भने पद तथा गोपनियताको सपथ खाएका छन् । नेकपाको प्रदेश कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेकपाका सुदुरपश्चिम इन्चार्ज भीम रावलले सपथ खुवाएका हुन् ।

सुदुरपश्चिमका ९ जिल्ला मध्ये तत्कालिन एमालेका भागमा ५ अध्यक्ष र माओवादीका भागमा ४ जना अध्यक्ष हुने गरी भागवण्डा गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार