होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, भदौ ३१ । पछिल्लो ५ महीनाको अवधिमा विपद्का घटनामा परि २ सय ७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ बैसाख १ देखि भदौ २९ गतेसम्ममा विपद्मा परि सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६ सय ४६ जना घाइते भएका छन् भने ७ सय ६७ व्यक्ति विस्थापित भएका छन्। घटनामा परि १ […]
भाद्र ३१ ,काठमाण्डौ — नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो। रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाज निर्माणको […]
लुक्लाबाट काठमाडौं उडेका चारवटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ। पाँचखाल नगरपालिका २ जोरपाटीमा तीन र पाँचखालकै होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतर गरिएको प्रहरीले जनाएको छ। काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले लुक्लाबाट ८ वटा हेलिकोप्टर उडेकोमा खराब मौसमका कारण चारवटा काभ्रेमा आकस्मिक अवतरण गरेको पुष्टि गरे। ‘एउटा सिन्धुलीमा ल्यान्ड गरेको सूचना छ’, उनले भने, ‘८ वटा […]
३१ भदौ, काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो । सरकार मातहतका देशैभरिका […]
३१ भदौ, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित पत्रिकाहरूले विविध विषय उठाएका छन् । कुनैले संवैधानिक अंगमाथिको हस्तक्षेपबारे लेखेका छन् भने केहीले नक्कली भ्याट बिल, मेडिकल शिक्षाका नाममा भइरहेको चर्को शुल्क असुली, नेकपा विवाद, डेंगु संक्रमणललगायत विषयलाई हेडलाइन बनाएका छन् । ‘सरकारको अंकुशमा संवैधानिक अंग’ शीर्षक दिएर नागरिकलले संवैधानिक अंगमाथि हस्तक्षेप हुन थालेको लेखेको छ […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बिहिबार देखि बाजुरा जिल्लाका विभिन्न ठाँउमा अविरल बर्षा भईरहेको छ । बर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रको जनजिवन प्रभावित भएको छ । बर्षायाम सकिने समयमा भदौरे झरी बढेपछि खेती योग्य जमिन तथा दर्जनौँ बस्तीहरु जोखिममा रहेका छन् । सदरमुकाम मार्तडी आसरपासमा मख्य नदिहरु भन्दा खहरे खोलाको बाढीले जनतालाई त्रास देखाई रहेको छ […]
नागरिक रैबार/बाजुरा २८ भदौ । बाजुराको बडीमालिका नगरपालिका वडा नं.१ पिनालेखबाट शुक्रबार प्रहरीले नगद सहित पाच जना जुवाडेलाई रङगे हात पक्राउ गरेको छ । प्रहरीले साँझ आठ बजे जुवा खेलिरहेको अवस्थामा पाँच जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा पिनालेखको शुरेश दानीको होटेलमा जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई […]
काठमाडौं : प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन्। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
धनगढी,भदौ २४ । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका एक स्थानीय नेताको गाडीमा आगजानी गरिएको छ । घोडाघोडी नगरपालिका १ सुन्दरपुरमा नेकपाका स्थानीय नेता गौरीप्रसाद जोशीले आफ्नै घरमा पार्किङ गरी राखिएको बा ९ च ६५९७ नम्बरको स्कारपियो गाडीमा गएराति करिब १२ बजेतिर अज्ञात समूहद्वारा आगजनी भएको कैलाली प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला […]
नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा मुक्त हलिया समाजका पदाधिकारी तथा हलिया अधिकारकर्मीहरुलाई २ दिने तालिम आज शुरु भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ आयाेजनामा मुक्त हलिया समुदायको प्रतिनिधित्व र पैरवीमा सुधार तथा न्यायिक पुनस्र्थापनाका लागी हलिया समुदायको प्रभावकारी र शसक्त पैरवीका लागी जिल्लामा रहेका मुक्त हलिया समाजका पदाधिकारी […]
२३ भदौ, विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने विराटचोक–घिनाघाट चार लेनको २० किलोमिटर लामो सडकको शिलान्यास भएको छ । प्रदेशको स्थायी राजधानी जोड्ने २२ किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा २० किलोमिटर मात्र बन्नेछ । सडक निर्माण असोज महिनादेखि गर्ने तयारी छ । प्रादेशिक सडक उद्घाटन गदै मुख्यमन्त्री शेरधन राईले यो सडकले समृद्धिको ढोका खोल्ने […]
२३ भदौ, गोरखा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत जिल्लामा १५ वटा खानेपानी योजना निर्माण भइसकेका छन् । २८ सय ७९ धारा जडान भएर पानी वितरण भइसक्यो । १ सय २० घरधुरी लाभान्वित हुनेगरी आरुघाट गाउँपालिका–१० को चापानी सिंगारे ढुङ्गा चनौटे लिफ्ट खानेपानी योजना पनि बनिसकेको छ । मोवाइल अपरेटिङ सिस्टमबाट पानी लिफ्ट […]
नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुराको बुढीगंगा नगरपालिका ताप्रा चौपाटीमा मा स्वास्थ्य शिविर संञ्चाल गरेको छ । वडा नं. २,३ मा रुघा खोकी र भाइरल ज्वरोका विरामीको चाप बढे पछि स्वास्थ्यकमीर्ले गाउँमा गएर शिबिर संचालन गरेको हो । रुघा खाेकी र भाइरल ज्वरोका विरामीको चाप बढेपछि स्वास्थ्य संस्था भन्दा टाढा रहेका गाउँका बिरामी स्वास्थ्य संस्थामा […]
नागरिक रैबार/बाजुरा २२ भदौ । ४० औँ राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस बाजुराकाे मार्तडीमा भब्यरुपमा मनाइएको छ । “हामी सवैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण भन्ने नाराका साथ बडिमालिका नगरपालिका वडा नं ९को आयोजनामा दिवस बिबिध कार्यक्रम गरि मानाईको हो वडा नं ९ को सेवा क्षेत्रमा रहेका तिनवटा बिद्यालयको सहभागीतामा ¥याली सहित बजारमा परिक्रमा […]
बैतडीबाट भारत जोड्न झुलाघाटमा मोटरेवल पूल निर्माणको माग गर्दै बैतडीमा अनिश्चितकालिन अनसन सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी आजदेखि रिले अनसन सुरु गरिएको हो। उद्योग बाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दको संयोजकत्वमा रिले अनसन सुरु भएको हो। झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि शान्तिपूर्ण रुपमा दबाब दिदै आएका भएपनि अहिले सम्म […]
काठमाडौं, भदौ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छन् । ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विद्या भूषण पदक तथा नेपाल छात्रा विद्या पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन […]
भाद्र २१- अछाममा खोालामा डुबेर दुई बालकको मृत्यु भएको छ। मंगलसेन नगरपालिका ७ जनालिबण्डालीको भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ बर्षीय युकेश दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शनिबार बिहान बाख्रा चराउन गएका उनीहरुको खोालामा डुबेर मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको प्रहरीले जनाएको छ।
काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपास छ। उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली रहेको छ। मनसुनको न्यून चापिय रेखाको साविक […]
नेपाल टेलिकमले शनिबार राती केही समय आफ्नो सेवा नचल्न सक्ने जनाएको छ । टेलिकमले फोरजी एलटिई सेवा अपग्रेड गर्ने भएकोले शनिबार राती केही समयको लागि सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो । शनिबार राती साढे ११ बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठिनाइ आउनसक्ने टेलिकमले जनाएको छ । मोवाइल सेवा […]
काठमाडौँ — कांग्रेस नेताहरूले सरकारको असफलताका कारण ‘दक्षिणपन्थी र उग्रवामपन्थी’ बाट राज्यप्रणालीमाथि प्रहार हुन थालेको बताएका छन् । त्यस्तो स्थिति आउनुमा सरकारको सर्वसत्तावादी सोच र काम गर्ने शैली मुख्य जिम्मेवार रहेको उनीहरूको निष्कर्ष छ । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रदेश ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा सहभागी नेताहरूले सर्वदलीय […]