होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा २० कार्तिक । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा आलु महोत्सव बुधबार देखी सूरू भएको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरेकी छन्। ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा बुधबार बिषेश कार्यक्रमका बिच उद्घाटन गरिएको छ । […]
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स बुधवार वितरण गरिएको छ । सवा ६ करोड बजेटमा प्रदेश सरकारले १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।गत साउनको अन्तिम साता खरिद गरिएको एम्बुलेन्स झन्डै तीन महिना पछि बुधवार वितरण गरिएको हो ।कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताल लगाएत पहाडी अन्य जिल्लाहरूमा ४ वटा सम्म […]
कार्तिक २० । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग अतिक्रमण गरेको भन्दै आज नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा विरोध र्यालि निकालेको छ । भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको […]
भारतको नयाँ नक्साप्रति साझा पार्टीले आपत्ती जनाएको छ। नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूमी भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि पार्टीले आपत्ति जनाएको हो। बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीले नक्सा सच्याउन माग गरेको छ। ‘नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति साझा पार्टी […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका सशस्त्र प्रहरी निरिक्षक सहित तीन प्रहरी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सशस्त्र प्रहरी बल बिओपी भजनीका सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरी विरुद्ध विशेष अदालथमा आरोपत्र दायर गरिएको जनाएको छ। सशस्त्र प्रहरी […]
बझाङमा सशस्त्र द्धन्द्धका बेला बारीमा लुकाएर राखेको सकेट बम फेला परेको छ। जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ दानतोलीमा द्धन्द्धकालमा खेतबारीमा लुकाई राखेको अवस्थामा सकेट बम फेला परेको प्रहरीले जनाएको छ। कालो प्लाष्टिकको बाल्लीटनमा बारीमा लुकाईछिपाई राखेको सकेट बम फेला परेको संग्राम सार्दुल गुल्म पानकोट बझाङका मेजर तारा बहादुर खड्काले जानकारी दिए। बुंगल नगरपालिका वडा […]
नागरिक रैबार/बाजुरा २० कार्तिक। सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण समिति बाजुराका प्राविधिकहरुले प्राविधिकको समस्याका बारे ध्यानाकर्षण गराएका छन् । बुधबार कृषि मन्त्री चौधरीलाई ध्यानाकर्षण पत्र मार्फत बाजुरा जिल्ला भित्रका सम्पूर्ण कृषकहरुलाई आवस्यक पर्ने प्राविधिक सेवा प्रभावकारी रुपमा संचालन गर्न स्थानीय निकाय संग समन्वय […]
अछाम ९ कात्तिक। अरिंगालको टोकाइबाट अछाममा एकजनाको ज्यान गएको छ । जिल्लाको ढकारी गाउँपालिका–८ घोडासैनका ८४ वर्षीय धर्मे जैसीको ज्यान गएको हो । घर नजिकैको घारमा रहेको अरिंगालको समूह आएर टोकेपछि जैसीको ज्यान गएको हो । शुक्रबार बिहान ९ बजे जैसीलाई अरिंगालले टोकेको थियोे ।
९ कात्तिक, काठमाडौं । संस्थागत (निजी) विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । […]
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो। महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन्। […]
नागरिक रैबार/ बाजुर ८ कार्तिक । समाजसेवी तथा राजनीतिज्ञ कविता कुमारी बुढा (विष्ट) एजेन्सी म्यानेजरलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बाजुरा शाखाले गत असार महिनाको स्किम वितरण स्वरुप मोटरसाईकल प्रदान गरेको छ । आईएमई लाईफ इन्सोरेन्स कम्पनि बाजुरा शाखाका प्रमुख गोपालराज उपाध्याय र कम्प्युटर अपरेटर धनसिंह विकले बुधबार समाजसेवी एंव राजनीतिज्ञ विष्टलाई मोटर साईकल प्रदान गरेका […]
बाँके, ८ कात्तिक । नेपालगञ्जको बीपीचोकनजिक रहेका आधा दर्जन पसलमा गएराति आगलागी हुँदा एक करोड बढीका धनमाल जलेर नष्ट भएको छ । जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । […]
काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो। जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना […]
काठमाडौँ — सर्वोच्च अदालतले बैतडीको एक बलात्कारको घटनामा आरोपितलाई निर्दोष ठहर गर्ने पुनरावेदन अदालतको फैसला उल्ट्याएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याएको हो । सर्वोच्चले बलात्कार घटनामा संलग्न भएको आरोप लागेका सागर भट्ट र अमर अवस्थीलाई दोषी ठहर गरेको हो । सर्वोच्चले अर्को सुनुवाइमा उनीहरूमाथि सजाय तोक्नेछ । उक्त […]
काठमाडौं । नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्री घाइते भएका छन् । घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ । आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो । घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था […]
काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको खुलासा गरेकी छन्। एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी हुन्। ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ […]
काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ। जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप […]
काठमाडौं : म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान जापान जाँदै छिन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नारुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको टोली कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । नारुहितो कस्ता छन् ? ५९ बर्से नारुहितो दोस्रो विश्व युद्धपछि जन्मेका पहिलो […]
काठमाडौं – सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त अभिव्यक्तिमा संशोधन गरेको छन् । शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले आलम पक्राउको विरोध गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि देउवाले शनिबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी […]
काठमाण्डौ – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एक प्रतिनिधिसभा , तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि शुक्रवार कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागिे मनोनयन दर्ताको समय कात्तिक २१ गते सम्म तोकिएको […]