होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ असोज।विजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्ला कारागार बाजुरामा बन्दी जीवन बिताइरहेका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसैं मनाउन खसी उपहार दिएको छ । कैदीबन्दीले दशैंँ सहज रुपमा मनाउन पाऊन् भन्ने उद्देश्यले खसीसँंगै खेलकुद सामाग्रीहरु पनि उपलब्ध गराइएको छ । शुक्रबार कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले कारागारका जेलर हंस बोहरा, चौकीदार रुपेश रावत […]
नागरिक रैबार/बाजुरा १३ असोज ।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसहितका ३ जनाले दलित समुदायका टेकेन्द्रसिंह सुनारमाथि भएको कुटपिटको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको गम्भिर ध्यानाकर्षण भएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाको समूहले दलित समुदायका सुनारमाथि नाटेश्वरी मन्दिरमा जातीय […]
नागरिक रैबार/बाजुरा १३ असोज।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलित समुदायका एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जना विरुद्ध जातीय भेदभाव तथा छुवाछुत सम्वन्धिको मुद्धा दर्ता भएको छ । विहिबार वडा अध्यक्षसहितका ३ जना विरुद्ध पिडित टेकेन्द्रसिंह सुनारले जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुत […]
राजेन्द्र विक असोज १२ बाजुरा। बाजुरामा पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलित निर्घात रुपमा कुटिएका छन्। नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भइ हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडीको समुहले आफूहरु पुजा गरिरहेको स्थलमै आुउन […]
धनगढी: बडादसैं सुरु भएसँगै पर्याप्त संख्यामा यात्रुवाहक सवारीसाधन सञ्चालनमा ल्याएको सुदूरपश्चिमका यातायात व्यवसायीले दाबी गरेका छन्। चाडपर्वलाई लक्षित गरी लामो तथा छोटो दूरीका सवारीसाधन पर्याप्त संख्यामा सञ्चालनमा ल्याएको उनीहरुको दाबी छ। कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा प्रधान कार्यालय रहेका एक दर्जन बढी यातायात व्यवसायी समिति छन्। धनगढी र महेन्द्रनगरबाट सुदूरपश्चिमका सबै जिल्लासहित देशभरका प्रमुख सहरमा […]
नागरिक रैबार/बाजुरा १२ असोज।जिल्ला अस्पताल व्यवस्थापन समिति बाजुराले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । अस्पताल व्यवस्थापन समिति बाजुराले आज बडीमालिका नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर बडा दशैंको शुभकामना आदानप्रदान गरेको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीको अध्यतामा गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख […]
नागरिक रैबार/बाजुरा १० असोज। नेकपा एमाले गौमुल गाउँ कमिटीले बडा दशैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दशैको अवसर पारेर एमाले गाैमुल गाउँ कमिटीले आज पालिकाको केन्द्र घट्मुनामा शुभकामना आदान प्रदान गर्नुका साथै आसन्न मसिंर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्बाचनका बिषयमा कार्यक्रता भेटघाट कार्यक्रम गरेको हाे । नेकपा एमाले गाैमुल गाउँ […]
नागरिक रैबार/बाजुरा १० असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको एक मासु पसलमा खसीको सडेको मासु विक्री गर्न राखेको भेटिएको छ । मार्तडी बजार भित्रका खसी, बोका, राँगा र कुखुराको मासुका १५ वटा मासु पसलको अनुगमन मालिका मासु पसलमा सडेको खसीकाे ५ केजि मासु भेटिएको हाे। सोमबार दिउसो भेटेरिनरी अस्पतालको आयोजनामा मार्तडी बजारका मासुपसलहरुको अनुगमन गर्दा मालिका मासु […]
नागरिक रैबार/बाजुरा १० असोज।अछामका बाढीपिडित परिवारलाई सुदूरपश्चिम प्रदेशका संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् । भाद्र महिनाको १० गते देखि ३५ दिनसम्म सम्म डोटीको पुन्नामा सञ्चालन भएको सेवा कालिन तालिममा सहभागी संघ प्रदेश र स्थानीय तहका सहायक स्तरका ४५ जना निजामती कर्मचारीहरुले आर्थिक संकलन गरेर अछामका बाढीपिडित परिवारलाई सहयोग […]
विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको […]
काठमाडाैँ / पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ […]
नागरिक रैबार/बाजुरा ९ असोज। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकामा यस वर्ष पनि दशैं तिहारको अवसरमा सर्वाधिक पुरस्कार धनरासीको चौथो क्षेडेदह कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । बाजुरा जिल्लाको शान र पहिचानका लागि क्षेडेदह गाउँपालिकाको आर्टिचौरमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन चौथो क्षेडेदह कप फुटवल प्रतियोगिताको आयोजना गरिन लागेको हो । दशैं तिहारको उपलक्ष्यमा […]
नागरिक रैबार/बाजुरा ९ असोज। बुढीगंगा नगरपालिका वडा- ८ देवलसेनकी २८ वर्षिया भुमिका कुमाल श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी छन् । असोज ६ गतेका दिन उनका श्रीमान गोकुल कुमालको कुटाइबाट उनी गम्भीर घाइते भएकी हुन् । श्रीमानले मदिरा सेवन गरेर श्रीमतिलाई गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गिन्द्र बोगटीले बताएका छन् । श्रीमानको […]
नागरिक रैबार/बाजुरा ८ असोज। नेकपा माओवादी केन्द्र बाजुराले बाजुरामा गठबन्धन भएको खण्डमा बाजुराको प्रदेश सभाका २ वटा निर्वाचन क्षेत्रमध्ये १ प्रदेश सभाको प्रत्येक्ष तर्फ माओवादीको उम्मेदवारी रहने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको सदरमुकाम मार्तडीमा हिजो बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश निर्वाचन […]
शनिबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यस्तै भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र रहेको छ। जसको प्रभावले बागमती ,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल लुम्बिनी, गण्डकी, कर्णाली […]
नागरिक रैबार/बाजुरा ७ असोज।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी भातृ संगठन अनेरास्ववियु क्रान्तिकारी बाजुराले विद्यार्थीसङ्ग अखिल क्रान्तिकारी अभियान सूरु गरेको छ । अखिल क्रान्तिकारी बाजुराले सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविबाट सो अभियान सूरु गरेको हो ।विद्यार्थीसङ्ग अखिल क्रान्तिकारी भन्ने मुल नाराका बाजुरामा सदरमुकामको मालिका नमुना माविबाट अभियानको सूरुवात गरिएको अखिल क्रान्तीकारी बाजुराका अध्यक्ष खेमराज सांउदले […]
नागरिक रैबार/बाजुरा ७ असोज।बाजुराको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालयले गत भदौ १५ देखि २३ गतेसम्म संचालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशै, तिहार, छठ पर्व-२०७९ तथा नेपालसम्वत् ११४३ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरेको […]
काठमाडौं । नेपालको संविधानले आधारभूत तहलाई अनिवार्य र नि:शुल्क भनेको छ र माध्यामिक शिक्षालाई निशुल्क गर्ने भनेको छ । तर कतिपय क्षेत्रका बालबालिकाले आधारभूत तहको शिक्षा पनि सजिलैसँग पाउन सकेका छैनन् । ग्रामीण क्षेत्रका कतिपय विद्यालयका बालबालिका ज्यान जोखिममा राखेर पढ्न बाध्य छन् । स्थानीय तह, जिल्ला शिक्षा समन्वय इकाइको बेवास्ता जस्ता कारणले विद्यार्थीहरु आधारभूत […]
काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाएका छन्।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा विषयमा राष्ट्रपतिले पुनर्विचार गर्ने कि भनेर दिएको सन्देशमा पाखुरा बजारेर गठबन्धनले राष्ट्रपतिको अपमान गरेको आरोप लगाए । ‘उहाँहरू (गठबन्धनका नेता) जनतालाई अलमल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो […]
दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए […]