होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा ३ जेठ । लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्ने, कोरोना महामारीविरुद्ध केन्द्रित हुने खालको नीति तथा कार्यक्रमका विषयहरु स्वागतयोग्य रहेको बताए । तर, त्यस्तै रावलले नीति तथा कार्यक्रमभित्र रहेको ‘अन्तरदेशीय आर्थिक क्षेत्र’बनाउने विषयमा पनि आशंका गरेका छन् । उनले भारतसँगको सहकार्यमा अतरदेशीय आर्थिक क्षेत्र बनाउने भन्ने विषयको अर्थ के हो स्पष्ट पार्नुपर्ने बताएका थिए […]
काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने बताउनु भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत उहाँले नेपालमा गरिबीको कारणले कोही भोकै नपर्ने र नमर्ने सरकारको प्रतिबद्धता रहेको बताउनु भएको छ । त्यस्तै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि पुँजी उपलब्ध गराउने […]
२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार पुगेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख ४० हजार ९ सय ८९ जना रहेका छन् । १५ लाख ८७ […]
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्। कार्यसूची अनुसार संघीय संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य […]
धनगढी : भारतबाट आएका ८० जना भन्दा बढी नागरिक कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका छन्। भारतको मुम्बईबाट ट्रकबुकिङ गरेर लुहाघाट पुगेकालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर रातारात गौरीफन्टा नाकामा पु¥याएपछि उनीहरु अलपत्र परेका हुन। ती अलपत्र परेकाहरु बैतडीका रहेको बताइएको छ। बैतडीको मैलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका गरि करिब ७०÷८० जना नागरिकहरू नाकामा अलपत्र परेका मेलौली […]
काठमाडौं । कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए पनि १ सय ६५ जना हुने गुल्म राख्ने गरी तयारी गृहको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सशस्त्र प्रहरी बलले यसको आवश्यक गृहकार्य थालिसकेको स्रोतले […]
धनगढी : भारतमा अलपत्र परेका आफन्तको उद्दारको माग गर्दै कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन्। रोजगारीका लागि भारत गएकाहरु कोरोना भाईरसको संक्रमणपछि अलपत्र परेको भन्दै तत्काल उद्दार गरी स्वदेश फर्काउन माग गर्दै महाकाली नगरपालिकाका स्थानीय आन्दोलित भएका हुन्। महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले आफन्तलाई फर्कन दिनुपर्ने माग गर्दै स्थानीय आन्दोलीत भएको बताए। उनका अनुसार सीमा नाका बन्द […]
दार्चुला : दार्चुलाको कालापानी र लिपुलेक आसापासको भूमी मिचेर भारतले सडक बनाएको भन्दै सदन र सडक तातिरहेका बेला कालापानी नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ। गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक.डा. इन्द्रजित राई तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बुधबार कालापानी नजिकै दार्चुलाको छाङरुमा बिओपीको उद्घाटन गरेका हुन्। त्यहाँ सशस्त्र […]
कमिला शार्की/बाजुरा ३१ बैशाख। हिमालि गाउँपालिकाले राहत धनगढीमा राहत बितरण गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाईरस (काेभिड – १९) बाट प्रभावित भएका बाजुरा जिल्ला हिमाली गाउपालिका स्थायी घर भई विभिन्न कामको सिलसिलामा धनगढीमा रहेकाहरुलाई राहत बितरण गरेको हाे । हिमाली गाउँपालिकाले लक डाउनका कारण अलपत्र आफ्ना नागरिक, बिद्यार्थी, मजदुर गरिव तथा बिपन्न परिवारहरुलाई […]
नागरिक रैबार/बाजुरा ३१ बैशाख। भारतले गरेको लिपुलेख–कालापानी अतिक्रमणका विरुद्ध नेपाल बिधार्थी संघ बाजुराले शान्तिपूर्ण बिरोध प्रर्दशन गरेको छ । सदरमुकाम मार्तडीमा नेपाल विद्यार्थी संघका सयौं विद्यार्थीहरुले हात र टाउकोमा कालोपट्टी बाँधेर भारतले सिमाना अतिक्रमण गरेको विरुद्ध प्रर्दशन गरेका हुन् । शान्तिपूर्ण रुपमा प्रर्दशनमा उत्रिएका नेविसंघ बाजुराका विद्यार्थीहरुले ओली सरकारले नेपाली भुमिको रक्षा नगरेको आरोप समेत […]
काठमाडौं : बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक स्थगित भएको छ। मंगलबार दिउँसो बुधबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समिति बैठकमा उपस्थित हुने गरी सूचना जारी भएको थियो। तर कोरानाको त्रासको कारण बैठक स्थगित भएको सूचना पुन: सदस्यहरुलाई पठाइएको छ। उपत्यकालगायत देशमा संक्रमितको संख्या बढेपछि आज ११ बजे धुम्बाराहीमा बोलाइएको […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुराको सदरमुकाम मार्तडीमा नेपाली काँग्रेसको भातृ संघठन नेपाल विद्यार्थी संघ बाजुराले प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाएको छ । मंगलबार साँझ साढे ७ बजे सदरमुकाम मार्तडीको लोकतान्तिक चोकमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले ओलीको पुत्ला जलाएका हुन् । लिपुलेक–कालापानीमा भारतले बाटो बनाएको विरोधमा नेपाल विद्यार्थी संघ बाजुराले सदरमुकाम मार्तडीमा ओलीको पुत्ला जलाएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो नभई अझ कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको भन्दै उनले लकडाउन खुकुलो पर्न नहुने बताएका हुन्। साथै उनले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्। एक मन्त्रीका अनुसार कोरोनाको संक्रमण नियन्त्रणमा नआउँदासम्म लकडाउन खुकुलो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी समितिकाे बैठक बस्ने भएको छ । भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा […]
३० वैशाख, वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । […]
काठमाडौं ३० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित भएर ल्याउनुपर्ने संसद बैठकमा बताएका छन् । कोरोना भाइरसको महामारी सामना गर्दै राष्ट्रिय सुरक्षा र कृषि क्षेत्रमा केन्द्रित गरी बजेट ल्याउन उनले सरकारलाई सुझाव दिए । देश र जनता सुरक्षित नभई […]
सरिता तिवारी विचार । चार दिनको फेरमा पर्ने मजदुर दिवस (मे १) र मार्क्स जयन्ती (मे ५) कै हाराहारी सञ्चारमाध्यमहरूमा एउटा अप्रिय समाचार देखियो । यद्यपि यति बेला प्रिय समाचारको अपेक्षा ‘बेमौसमी’ कुरो हुन सक्ला, तथापि अप्रियमध्येको पनि सबैभन्दा खेदपूर्ण र निन्दनीय खबरले झोंक र अफसोसको ग्राफ कसरी बढाइदिन्छ, त्यसको संवेदनाबोध गर्ने कसैले पनि सजिलै […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए ।
काठमाडौं ३० वैशाख। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]