होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
९ जेठ, काठमाडौं । मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए । केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो । शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश […]
लकडाउनकै समयमा भारतबाट फर्कने नेपालीको सीमानाका भिड लागेको छ । झन्डै दुई महिनादेखि दुई देशबीचको नाका सिल भए पनि नेपाल फर्कने र भारत फर्कने सीमानाकामा जम्मा भएका छन् । भारतका विभिन्न सहरबाट सीमानाकामा आएकामध्ये बुधबार नेपालगन्ज नाकाबाट तीन हजार बढी र भारतको गौरीफन्टा नाकाबाट कैलालीमा दुई हजार बढी भित्रिएका छन् । स्वास्थ्य जाँचविनै उनीहरूलाई प्रवेश […]
स्रोतको संकट भएका वेला ठूलो नभई यथार्थवादी बजेट बनाउन विज्ञहरू एवं योजना आयोगले समेत सुझाब दिए पनि अर्थ मन्त्रालय भने विगतकै जस्तो बजेटको आकार बढाउने पक्षमा देखिएको छ । अर्थ मन्त्रालयले सवा १७ खर्ब हाराहारी आकारको बजेट निर्माण गरिरहेको हो । राजस्वको लक्ष्य गत वर्षकै हाराहारीमा राख्ने, आन्तरिक तथा बाह्य ऋण र अनुदान परिचालनलाई बढाउने […]
काठमाडौँ — कोरोना संक्रमणले बढी प्रभावित क्षेत्रमा पीसीआर विधिबाट पर्याप्त परीक्षण नभइरहेका बेला राजधानी र प्रयोगशाला भएको क्षेत्रमा पहुका भरमा परीक्षण गराउने बढेका छन् । संक्रमणको खास जोखिम नभएका र कोरोनाको कुनै लक्षण नभएका व्यक्तिहरुले पहुचका भरमा परीक्षण गराइरहेका छन् । जसका कारण जोखिम पहुँच देखाएर कोरोना परीक्षण गराइदिनप्यो भन्दै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ जनामा कोरोना भेटिएको पुष्टि गरेको छ । बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले थप १७ जनामा कोरोना भेटिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । […]
, रामबहादुर विक/बाजुरा ७ जेठ । बाजुरा जिल्लाका ९ स्थानिय तह गरी ५८ जना क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ । मंगलबार सम्म जिल्लाका ९ स्थानिय तह गरी २० जनाको आरडिटी परीक्षण गरीएको बरिष्ट जनस्वास्थ्य अधिकृत पन्तले बताउनुभयो । उहाँका अनुसार मंगलवार गरीएको आरडिटी परीक्षणमा २० जनाकै रिपोर्ट […]
नागरिक रैबार/बाजुरा ७ जेठ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराका सचिवालय सदस्य पुरबहादुर रावतले बाजुरा जिल्लामा कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्नेलाई रंगेहात समात्ने चेतावनी दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत लेखेर भनेका छन् राष्ट्र सेवा गर्ने राष्ट्रसेवकलाई हाम्राे दरिलाे साथ रहन्छ तर कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्ने जाे सुकै कर्मचारीलाई रङ्गे हात समात्ने छाै । बाजुरा […]
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । […]
नागरिक रैबार/बाजुरा ७ जेठ। निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन बाजुरा, नेपाल निजामति कर्मचारी संगठन बाजुरा र नेपाल निजामति कर्मचारी युनियन संघ बाजुरामा आवद्ध सम्पूर्ण निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको राष्ट्रसेवक निजामति कर्मचारीहरुको सयुक्त बैठकले बाजुरा जिल्लामा विभिन्न राजनीतिक दलका भातृ संघ, संगठनले निजामति […]
७ जेठ, काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।
नागरिक रैबार/बाजुरा ७ जेठ । नेकपा बाजुराका सचिव भरत बुढाले त्रिवेणी नगरपालिकाले राजनीतिक पुर्वाग्राही सोच राखेर आफुलाई क्वारेन्टाइनमा बस्न नमानेको आरोप लगाएको प्रति आपत्ति जनाएका छन् । आफु नगरपालिका प्रवेश गरेदेखि नै कसैसंग भेटघाट नगरी होम क्वारेन्टाइनमा बसीरहेको भएपनि नगरपालिकाले ६ दिनपछि राजनीतिक आस्थाकै कारण सुरक्षाकर्मी समेतलाइ परिचालन गरेर तुरुन्त नगरपालिकाको होम क्वारेन्टाइनमा बस्नका लागि […]
नागरिक रैबार/बाजुरा ७ जेठ। सदुरमुकाम मार्तडी नजिकैको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ९ तल्लाबाडा घर भएका ६० वर्षिया हरिबहादुर थापा रहेका छन् । बुधबार विहान बडीमालिका नगरपालिका ९ र ३ मा पर्ने खडीगाढ मेलामा गाई वस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेका उनको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको […]
७ जेठ, बुटवल । गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । गुल्मी मदाने गाउँपालिका–६ निवासी उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै […]
नागरिक रैबार/बाजुरा ७ जेठ। बुधबार विहान पाण्डुसेनबाट मार्तडी तर्फ आउँदै गरेको जीप गरेको से १ ज ९९० नम्बरको जीप पाण्डुसेनस्थित पुरानो प्रहरी चौकी नजिकै दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर पाँच जना सामान्य घाईते भएका छन् । बुढीनन्दाकै २६ वर्षिया चालक प्रज्वल रोकायाले चलाएकाे जीप दुर्घटनामा परेकाे हाे । घाईते हुनेमा बुढीनन्दा नगरपालिका ८ […]
काठमाडौँ, अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण […]
७ जेठ, काठमाडौं । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।मंगलबार […]
रामबहादुर विक/ बाजुरा ६ जेठ । बाजुराबाट स्वाव संकलन गरी धनगढी पठाइएका ७ जनाको रिर्पोट नेगेटिभ आएको छ । पिसिआर परिक्षणका लागी धनगढी पठाएका ७ जनाकाे रिर्पोट नेगटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले बताउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख पन्तका अनुशार तिन जना आइसोलेसनमा र होम क्वारेन्टाइनमा वसेका […]
काठमाडौँ ६ बैशाख । — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको […]
प्रज्ञा पनेरु । विचार । अचेल मेरो देशको मानचित्रको खोजी भइरहेको छ । लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे मानचित्र मैले कतै देखें कि देखिनँ, हेक्का छैन, तर यति याद छ, मैले एसएलसी दिँदादेखि अहिलेसम्म सामाजिक शिक्षाको वार्षिक परीक्षामा प्राय: नेपालको नक्सा बनाउने प्रश्न आउँछ । आफ्नो घर-खेतको चित्र कोर्न कहिल्यै सिकिएन तर परीक्षामा अंक आउने भएकाले आफ्नो देशको […]
सरकारले लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्शा जारी गरेपछि अब नेपालको संविधानदेखि विद्यालयका पाठ्यक्रमसम्म सबै संशोधन र परिमार्जन गर्नुपर्ने भएको छ । नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छाप उल्लेख छ । सो निशानछापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले अब त्यसलाई सच्याएर संविधानमै नयाँ नक्शा अंकित निशान छाप राख्नुपर्ने भएको छ । र, यसका लागि […]