होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा बाहिरबाट अाएका ५८ जना क्वारेन्टाइनमा
समाज

बाजुरामा बाहिरबाट अाएका ५८ जना क्वारेन्टाइनमा

  • नागरिक रैबार
बाजुरामा बाहिरबाट अाएका ५८ जना क्वारेन्टाइनमा

,
रामबहादुर विक/बाजुरा ७ जेठ । बाजुरा जिल्लाका ९ स्थानिय तह गरी ५८ जना क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ ।

मंगलबार सम्म जिल्लाका ९ स्थानिय तह गरी २० जनाको आरडिटी परीक्षण गरीएको बरिष्ट जनस्वास्थ्य अधिकृत पन्तले बताउनुभयो ।

उहाँका अनुसार मंगलवार गरीएको आरडिटी परीक्षणमा २० जनाकै रिपोर्ट कोरोना नभएको आएपछि २० जनालाई नै बुधबार घर पठाइएको बताउनुभयो ।

विज्ञापन

मंगलबार नै कोरोना भाईरस संग मिल्दो जुल्दो लक्षण देखीएपछि हिमालि गाउपालिकाका एक जनालाई कोल्टी प्राथमीक स्वास्थय केन्द्रको आईसोलेशनमा राखीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य निरीक्षक अशोक सिंहले बताउनुभयो ।

आइस्योलेशनमा रहेका ५ जनाको पनी पिसीआर रिपोर्ट नेगेटीभ अर्थात कोरोना नभएको आएपछि आज घर पठाएको बरिष्ट जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभएको छ ।

हिमालिमा बिपद ब्यबस्थापन समितीको बैठक,
हिमालि गाउपालिकाको कोभिड १९ बिपद ब्यबस्थापन समितीको बैठक बसेको छ ।

बैठक बाट कोरोना भाइरस कोभिड १९ रोकथामको लागी गरीएको लकडाउनलाई थप कडाईका साथ पालना गर्ने निर्णय गरेको छ ।

हिमाली गाउपालिका भित्र आउने जाने नाकामा थप कडाई गरीएको गाउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनु भएको छ ।

नाकाबाट कसैलाई पनि आवत जावतमा थप कडाई गरीने अध्यक्ष मल्लले बताउनुभयो । उहाँका अनुसार सरकारले घोषणा गरेको बन्दाबन्दी अर्थात लकडाउनलाई गाउपालिका बासी सम्पूर्णले पालना गरे मात्र कोरोनालाई पा्रस्त गर्न सकिने बताउनुभयो ।

गाउपालिकामा बाहीरबाट आउनेको संख्यामा बृद्धि भएमा थप क्वारेन्टाइनको ब्यवस्था गरीने भएको छ । गाउपालिकामा पहिला नै स्थापना भईसकेका क्वारेन्टाईनको थप ब्यबस्थापन गर्ने र आवस्यक परे थप क्वारेन्टाईनको ब्यवस्थापन गरीने भएको छ ।

गाउपालिकामा आजै क्वारेन्टाइन अबधि पुरा गरेका ७ जनाको कोरोना परीक्षण गरीएको छ ।

आज परीक्षण गरीएका सातै जनामा रिर्पोट नेगेटिभ आएको बताइएको छ । आज प्ररीक्षण गरीएका सात जनामा कोरोना नभएको रिपोर्ट आएपछि आज नै सातै जनालाई घर पठाइएको गाउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले जानकारी दिनुभएको छ ।

अव गाउपालिकाका बिभिन्न क्वारेन्टाइन रहेका १७ जना नै घर पठाएपछि अब गाउपालिकाको क्वारेन्टाईनमा एक पनि नभएको बताइएको छ ।

गाउपालिकामा अहलेसम्म आरडिटी परिक्षण गर्ने पाँच ,छ ओटा मात्रै किट बाँकी रहेको बताउनुभयो । लुकीछिपि समेत गाउमा नआएको र कसैले त्यस्तो थाहा पाएमा कति जना संग भेट भयो सबैलाई क्वारेन्टाईनमा राखीने अध्यक्ष मल्लले बताउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार