होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर […]
दाङ : दाङमा थप नौजनामा कोरोना पोजिटिभ देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार तुलसीपुर उपमहानगरपालिकाका पाँच, गढवा गाउँपालिकाका दुई, राप्ती गाउँपालिकामा एक र लमही नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो। तुलसीपुर–६ का २० वर्षीय पुरुष, वडा नम्बर १५ का ३२ वर्षीय पुरुष, र वडा नम्बर १६ का १८, २०, २३ वर्षीय पुरुषमा […]
धनगढी : सुदूरपश्चिममा छैठौँ व्यक्तिले पनि कोरोना भाईरसलाई जितेका छन्। डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बषीय युवकले कोरोना जितेका हुन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो। डडेल्धुरा अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज […]
१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्रिम पङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने […]
नागरिक रैबार/बाजुरा १८ जेठ। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिकाका क्वारेन्टाइनमा रहेका महिलाहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु क्वारेन्टाइनमा रहेका महिलाहरुलाई सहयोग गरिएको हो । कोरोना भाईरस कोभिड–१९ संक्रमण बढीरहेको बेला क्वारेन्टाइनमा जोखिम्मा रहेका महिलाहरुको महिनावारी समस्यालाई मध्येनजर गरेर मर्यादा […]
नागरिक रैबार/बाजुरा १८ जेठ। जिल्लाको बडीमालिका नगरपालिकाले एकहप्ताका लागि अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सवै सेवा बन्द गर्ने भएको छ । नोभेल कोरोना भाईरस कोभिड-१९ को प्रभाव दिन प्रतिदिन बढीरहेको बर्तमान अवस्थामा बाजुरामा पनि भारतबाट आउने क्रम बढीरहेको र कोरोनाको संक्रमण समेत जिल्लामा देखिन थालेकोले जेठ १९ देखि २३ गते सम्मका लागि नगरपालिकाबाट प्रदान गरिने […]
नागरिक रैबार बाजुरा १८ जेठ बाजुराको सदरमुकाम मार्तडीमा रहेकाे आइसोलेसनमा राखिएकी एक बालिकामाे मृत्यु भएकाे छ । बालिकाकाे उपचारका क्रममा अाईसाेलेशनमा मृत्यु भएकाे हाे । बुढिगंगा १ घर भएकी २ बर्षिय बालिकाकाे आईतवार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । मृतक बालिकाकाे स्वाब संकलन गरेर पिसिआर रिपोटका लागि धनगढी […]
नागरिक रैबार/बाजुरा १७ जेठ । बाजुरा जिल्लाको वडीमालिका नगरपालिका ९ झराउलेकी २२ वर्षिया २ छोरीकी आमा पवित्रा सार्की केही दिनयता प्रसव पीडामा निकै तड्पीरहेकी छिन् । विगतमा दुईवटा सन्तान प्राकृतिक रुपमा जन्माउन नसकेकी उनी यो वेला गर्भवती भएर निकै तनावमा छिन् । सामाजिक तथा पारिवारिक समस्याले उनी गर्भवती त भईन् । तर, बच्चा प्राकृतिक रुपमा […]
जाजरकोट — भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो । मल्ल थरकी प्रेमिकालाई लिन भेरी नदी पारि रुकुम पश्चिम चौरजहारी–८ सोती गएका उनीसहित १८ जनामाथि गाउँलेले ढुंगामुढा […]
जेठ २०७७, शनिबार ENGLISH होमपेज / समाचार / प्रमुख समाचार नेकपा सचिवालय बैठकमा ज्ञवाली, खतिवडा र रावल पनि सहभागी अनलाइनखबर २०७७ जेठ १७ गते ११:१२ मा प्रकाशित 1प्रतिक्रिया 0 SHARES FacebookTwitterViberMessenger १७ जेठ, काठमाडौं । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर […]
नागरिक रैबार बाजुरा १६ जेठ । बाजुरा वडीमालिका नगरपालिका ९ की एक गर्भवती दलित महिला एकतिर प्रसव पीडामा छन् भने अर्कोतिर उनले आर्थिक सहयोगका लागि स्थानीय सरकारलाई दिएको निवेदनमा सहयोग हुन नसक्ने गरि तोक लगाएको थाहापाएपछि झन हैरान भएकिछन् । हिजो विहीवार जिल्ला अस्पतालमा चेकजाँचका लागि ल्याएकी जगत शार्कीकी २२ वर्षीया श्रीमति पवित्रा सार्कीलार्ई जिल्ला […]
नागरिक रैबार/बाजुरा १६ जेठ। पश्चिम रुकुममा भएको घटनाप्रति बाजुरा जिल्लाका दलित पत्रकार र दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग घटनामा संलग्नलाई कानुनी कारवाही गर्न जोडदार माग गरेका छन् । दलितसँग प्रेम गरेको आरोपमा स्थानीयको कुटपिटपछि मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय दलित पत्रकार संघ र दलित अधिकारकर्मीहरुले आपत्ती जनाउँदै सरकारसँग कानुनी कारवाहीको माग गरेका हुन् । रुकुम […]
नागरिक रैबार/बाजुरा १६ जेठ। जनता समाजबादी पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बाजुराका युवा नेता धनबहादुर बुढाको काठमाण्डौंमा मृत्यु भएको छ । विहिबार काठमाडौंको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किदा जनता समाजवादी पार्टी शुदुरपश्चिम प्रदेश सदस्य तथा बाजुरा युवा नेता २५ बर्षका धन बहादुर बुढाको मृत्यु भएको हो । उनि सँगै बझाङका २२ वर्षका लोकेन्द्र विष्टको […]
देशमा थुप्रै राजनीतिक परिवर्तनहरु भए । जातीय विभेद् अन्त्यकै लागी हजारौंले ज्यान गुमाए । जातीय विभेद्को अन्य किताबि पाना र नारामा मात्र सिमित भए २०६५ साल जेष्ठ १५ गते २४० बर्ष पुरानो हिन्दु राज्य संस्थालाई खारेज गरि संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो जसले परम्परागत मुल्य मान्यता र इतिहासको क्रमभङ्ग मात्र गरेन रास्ट्रलाई नयाँ युग तिर […]
काठमाडौं । ‘सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताए । चालु आर्थिक वर्षका लागि सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ […]
जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको […]
धनगढी : संघिय सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सुदूरपश्चिमका अधिकांश पूरानै योजनाले निरन्तरता पाएका छन्। संघिय संसदको संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सुदूरपश्चिमका अधिकाश पूरानै योजनाले निरन्तरता पाएका हुन्। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले वषाँैदेखि अलपत्र परेको राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र कर्णाली चिसापानी जलविद्युत […]
कोरोना भाईरस कोडिभ १९ ले गर्दा अहिले नेपाल देशमा समेत लकडाउन जारी रहेको छ । नेपालमा २०७६ चैत्र ११ देखी लकडाउन सुरु भएको थियो ।देशमा कोरोना भाईरसका संक्रमित दिनानु दिन थपिदै जाँदा आर्थिक लगाएत सबै क्षत्रमा लकडाउनले असर पु¥याईरहेको छ । अहिलेको यो बन्दाबन्दीले गर्दा कृर्षि क्षत्रमा समेत त्यत्तिकै प्रभाव पारेको छ । यो महामारीले […]
काठमाडौँ — सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।
राजेन्द्र बहादुर रोकाया/ बाजुरा १५ जेठ। काम तथा पढाइको सिलशिलामा भारत र जिल्ला बाहिर रहेका बाजुराका ६३८ जना आज जिल्ला भित्रिएका छन् । रोजगारी तथा पढाइको शिलशिलामा भारतका बिभिन्न ठाँउहरुमा रहेका र नेपालकै भिभिन्न सहरमा पढाइृको शिलसिलामा रहेका बाजुराका नागरीक हरु जिल्ला आउने क्रम बढीरहेको छ । जिल्ला आउने क्रम बढेसंगै बाजुराका स्थानीयमा त्रास पनी […]