होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संगिता तिमिल्सेना /बाजुरा २७ असार। वडीमालिका नगरपालिकाका ५ वटा वडा एकैसाथ साक्षर वडा घोषणा गरिएका छन् । नेपाल सरकारले पुर्ण साक्षर घोषणा गर्नका लागि पुर्याउनु पर्ने निर्धारित सुचक पुरा गरेकाले शुक्रबार एक कार्यक्रमका बिच नगरपालिकाका वडा नं २, ३, ४, ८ र ९ लाई पुर्ण साक्षर वडा घोषणा गरिएका हुन् । वडा नं ८ मा […]
काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट १७ जनाको मृत्यु भएको छ । सोही कारण ६ जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् भने विभिन्न धनमाल क्षति भएको छ । वर्षाका कारण पीडित भएका ४ जनाको प्रहरीले उद्दार गरेको छ भने वर्षाबाट प्रभावित सम्पूर्ण स्थानहरुमा तत्काल स्थानीय प्रहरी […]
काठमाडाैं । बिहिबार बेलुकादेखि परेको अबिरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानहरुमा बाढी, पहिरो र डुबान भएका छन् । हजारौं सर्वसाधरणको घर डुबेको छ भने विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । काठमाडौंको मुलपानीमा बाढीले बगाएर ३ को मृत्यु नीतु यादव, शर्मिला यादव […]
नागरिक रैबार /बाजुरा २७ असार । लगातारको वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ मा रहेको जडिवुटी संकलन केन्द्रको भवन भत्काएको छ । विहिबार साँझ देखि परेको लगातारको वर्षासंगै भवन माथिबाट आएको बाढी÷पहिरोका कारण जडिवुटी संकलन केन्द्रको भवन भत्किएको स्थानीय मीनबहादुर कटुवालले बताएका छन् । बाढी र पहिरोका कारण भवनको पछाडिको पर्खाल भत्किएपछि जडिवुटी […]
काठमाडौं । शुक्रबार बिहानैदेखि आएको अविरल वर्षाको कारण देशको जनजीवन प्रभावित बनेको छ । मुख्यतः तराईका जिल्लाहरुसँगै काठमाडौं, सिन्धुली, पाल्पालगायतका जिल्लाहरु डुबानमा परेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार हालसम्म ११ वटा जिल्लाहरुमा बाढी, पहिरो र चट्याङ पर्दा स्थानीयहरु त्रसित बनेका छन् । बिहान ७ बजेदेखि १०ः५० बजेसम्म कहाँ के भयो ? मिति २०७६/०३/२७ गते […]
काठमाडौं, असार २७ । चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए । ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो’, पत्र […]
दयाराम पण्डित, बाजुरा । त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बुढगंगा नदी थुनिदै आएको छ । बुधबार साँझवाट निरन्तर वर्षे झरी संगै पहाड खस्ने क्रम जारी छ । बुढिगंगा नदी थुनिदा नदी किनार आसपासका जनता त्रसित छन् । पहिरो खस्ने र नदी थुनीने क्रमम बढ्न थालेपछि सांफे–मार्तडी […]
नागरिक रैबार/बाजुरा २६ असार । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ लाई साक्षर वडा घोषणा गरिएको छ । विहिबार वडा नं. ७ लाई बडीमालिका नगरपालिकाकै पहिलो साक्षर वडाका रुपमा एक औपचारिक कार्यक्रमका वीच साक्षर वडा सदस्य एंव शिक्षा संयोजक धनलाल पाध्यायले साक्षर वडा घोषणा गरेका हुन् । सेभद् चिल्ड्रेन÷पीसविन बाजुराको सहकार्य बडीमालिका नगरपालिकाको समन्वय÷सहयोग तथा […]
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित भएको छ। असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा प्रस्तुत गरेको बजेट आज संसद बैठकले सर्वसम्मत पारित गरेको हो। बजेट प्रस्तुत गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुले लगातार विरोध गर्दै आएका थिए। प्रतिपक्षी दलका प्रदेश सभा […]
२६ असार, काठमाडौं । बिहीबार र शुक्रबार देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरकारले आह्वान गरेको छ । विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला […]
नागरिक रैबार/बाजुरा २५ असार ।बाजुरा क्याम्पसका क्याम्पस प्रमुख सुरेश प्रसाद पण्डित र प्राध्यापक भीम विष्टवीच दोहोरो हातपात भएको छ । बुधबार दिउसो क्याम्पस संचालन भईरहेका बेला क्याम्पस प्रमुख पण्डित र प्राध्यापक विष्ट वीच दोहोरो हातपात भएको क्याम्पसका प्राध्यापक एंव घटनाका प्रत्यक्षदर्शी काँशीप्रसाद जोशीले बताएका छन् । प्रत्यक्षदर्शी प्राध्यापक जोशीले भने क्याम्पस प्रमुखले कम्प्युटरमा चलाउँदै गरेका […]
नागरिक रैबार/बाजुरा २५ असार ।बडीमालिका नगपालिका वडा नं ९ को कार्यलयले आर्थिक बर्ष २०७५÷०७६ मा जम्मा ३६ लाख पचास हजार रुपैया बिकास तर्फ खर्च गरेको छ । बस्ती स्तरबाट छनौट भएका १९ वटा योजनामा वडा कार्यलयले उक्त रकम विनियोजन गरिएको बडा अध्यक्ष विनोद कुमार विकले बताए । वडा कार्यलयले बुधबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि […]
नागरिक रैबार/बाजुरा २५ असार । बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बढुवालले नगरबासी जनताको सोच मात्र बदल्ने हो भने सम्मृद्ध नगरपालिका बनाउन सहज हुने बताएका छन् । नगरबासीलाई खुसी र सुखी बनाउने अभियानमा आफू अनवरत रुपमा लागि रहेको बताउदै उनले जनताको सोच परिवर्तन नभए सम्म सम्भव नहुने बताएका छन् । उनले भने “हामी नगर बदल्ने अभियानमा […]
यतिवेला बाजुराका ९० जना युवाहरू नेपाल प्रहरीको सरकारी जागीरे बन्न सफल भएकोमा पुरै बाजुरा जिल्लाले नै खुशीयाली मनाएको छ । यसका लागि ति युवा र त्यसमा सहयोग गर्ने सम्पूर्ण महानुभाव ज्युहरु धन्यवाद्का पात्र हुनुहुन्छ । अब नेपाल प्रहरी र नेपाली सेना लगायत निजामती क्षेत्र र शैक्षिक क्षेत्रमा यसै गरी बाजुराको प्रतिनिधित्व हुन सकेमा हाम्रो पहुँच […]
नागरिक रैबार/बाजुरा २५ असार । नेपाल प्रहरीको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण भएका विभिन्न तालिम केन्द्रका उम्मेदवारहरुको अन्तिम नतिजा सोमबार प्रकाशित गरिएको छ । […]
२५ असार, ओखलढुंगा । ओखलढुंगामा यात्रु बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस बुधबार बिहान ३ बजेतिर सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा झपाका ४५ वर्षीय कृष्णबहादुर बस्नेत, दूधकुण्ड नगरपालिका–५ सोलुका ५२ […]
भोजपुर । नेत्र विक्रम चन्द नेकपा माओवादी र प्रहरीबीच गोली हानाहान भएको छ । आज(बुधबार) बिहान भोजपुर सदरमुकाममा चन्द नेकपा र प्रहरी बीच गोली हानाहान भएको हो ।गोली प्रहारबाट चन्द नेकपाका ओखलढुंगा इन्चार्ज निर कुमार राइ र प्रहरी जवान संजिव राइको मृत्यु भएको छ । घटनामा गोली प्रहारबाट प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएको छन् ।घटना […]
नागरिक रैबार/बाजुरा २४ असार। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ चौराटामा अवस्थित मष्टेश्वरी आधारभुत विद्यालयमा निर्माण भईरहेको खेलमैदानको एक टोलीले अनुगमन गरेको छ । प्रदेश सांसद विकास कोषकोे ८ लाखको लागतमा निर्माण भईरहेको उक्त खेलमैदानको मगलबार जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवाल, प्रमुख प्रशासकीय अधिकृत तिर्थराज भट्टराई, शिक्षा […]
२४ असार, काठमाडौँ । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ । हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न यन्त्रको क्षमतावृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको छ । कार्ड उत्पादन सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको छ […]
नागरिक रैबार/बाजुरा २४ असार । प्रहरीले बाजुराको जगन्नाथ गाउँपालिकाको जुड्डीबाट विप्लव समूहका एक जना कार्यक्रता पक्राउ गरको छ्. । मंगलबार प्रहरी नायक निरिक्षक शेरबहादुर कँुवर सहितको प्रहरीको एलआरपी टोलीले जगन्नाथ गाउँपालिकाको वडा नं. २ जुड्डिबाट विप्लव समूहको गतिविधि बारे प्रचार–प्रसार गर्दै हिडिँरहेको अवस्थामा कालिकोट जिल्लाका विप्लव समूहका जिल्ला कमिटी सदस्य अनुरुप सुनारलाई पक्राउ गरिएको जिल्ला […]