होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पोखरा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न प्रशासनलाई हम्मेहम्मे परेको छ । शव लिएर गएको गाडीको बाटो छेक्न स्थानीयबासीसँगै स्थानीय जनप्रतिनिधि, प्रदेश सांसदसमेत आएपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको छ । जेठ २२ गते सुनौली नाकाबाट उद्दार गरिएका वालिङ नगरपालिकाका उनलाई २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, […]
२७ जेठ, काठमाडौं । नेपाली सेनाले माओवादी द्वन्द्वका बेला सुरक्षित बासस्थानका रुपमा प्रयोग गरेको बंकर अझै विस्थापित हुन सकेको छैन । तत्कालीन प्रधानसेनापति छत्रमान सिंह गुरुङले आर्थिक ०६६/०६७ बाट १० वर्षे परियोजना बनाएर बंकर विस्थापित गर्ने योजना अघि सारेका थिए । तर, हालसम्म ५७ प्रतिशत संरचना मात्र निर्माण भएका छन् । पर्याप्त बजेट विनियोजन नहुँदा […]
काठमाडौं : विदेशस्थित कूटनीतिक नियोग र अन्तरमन्त्रालय समन्वय नहुँदा विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया अलपत्र परेको छ। एक खेप नेपाली युनाईटेड अरब इमिरेट्स (युएई) र म्यानबारबाट आएपछि दैनिक पाँच उडानमा नेपाल फर्काउने भनेको सरकार दुई दिन भयो फर्काउन सकेको छैन। कुवेत र मलेसियाबाट नेपाल ल्याउने विषय स्पष्ट हुन सकेको छैन्। अहिले संकलित आवेदनको आधारमा नै सरकारले […]
चितवन । चितवनमा उपचाररत रहेका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८बर्सिय पुरुषको मृत्युु भएको हो। उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो । मंगलबार बिहान ७ बजेर ६ मिनेटमा उनको मृत्युु भएको अस्पतालले जानकारी दिएको छ।उनको शव भरतपुर अस्पतालको […]
नागरिक रैबार/बाजुरा २६ जेठ। नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ जिल्ला कार्य समिति बाजुराको अध्यक्षमा नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष जनक बहादुर थापा लाई मनोनित गरिएको छ । सोमबार नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ सुदूरपश्चिम प्रदेश कार्य समितिले महासंघको बाजुरा कार्य समितिको अध्यक्षमा थापालाई मनोनयन गरेको हो भने त्यस्तै नेपाल विद्यार्थी संघ काठमाडौ सुदुरपश्चिम सम्पर्क समितिका उपाध्यक्ष , […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा २६ जेठ। व्यापारीहरुले लकडाउनको समयमा खाद्यन्न सामाग्रीमा चर्को मुल्य बढाएको भन्दै जनगुनासो गरेपछि आईतबार बडीमालिकाले मार्तडी बजारको अनुगमन गरेको छ । बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा खटिएको अनुगमन टोलीले नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने दुनिहाट बजार र माथिल्लो बजार अनुगमन गरेको हो । अनुगमन टोलीले दुनीहाटबजार र माथिल्लो […]
नागरिक रैबार/बाजुरा २६ जेठ। दलित अधिकारकर्मी गोरख बहादुर सार्कीको पहलमा जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली, स्वामीकार्तिक र जगनाथ गाउँपालिकाका २ सय १५ जना मुक्त हलिया परिवारलाई खाद्यन्न वितरण गरिने भएको छ । दलित अधिकारकर्मी सार्कीको पहलमा प्रमोद नेपालको ५० हजार र टिकाराम बरालको १ लाख ८० हजार सहयोगमा उक्त ठाउँका मुक्त हलिया परिवारका लागि खाद्यन्न […]
अनिल शाही/बाजुरा २६ जेठ। बाजुराको कोल्टीमा रहेको सामुदायीक रेडियो बुढीनन्दाको अवरुद्ध प्रसारण सेवा आज देखि शुरु गरिएको छ । गयको ११ गते विद्युत सर्ट भई आगलागि भएर सेवा अवरुद्ध भएको रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले प्रसारण सेवा अवरुद्ध भएको दुई सातामा सेवा शुरु गरेको हो । आगलागिबाट ट्रान्समिटर लगायतका उपकरण जलेर नष्ट भए पछि सेवा अवरुद्ध […]
२६ जेठ, विराटनगर । प्रदेश १ मा सोमबार २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७७ पुगेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार मोरङका तीन स्थानीय तहमा ९, झापाका तीन स्थानीय तहमा १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको छ […]
अछाम — बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारी पाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी समेत रहेका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएकाे चिठी दिएपछि […]
जाजरकोट : अन्तरजातीय विवाह गरेका जाजरकोट जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योतिशाह पाँच वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन्। उनीहरूले प्रेम त सफल पारे, तर बिहेपछि उनीहरू आफ्नो घरमा जान पाएका छैनन्। सदरमुकामस्थित भाडाको कोठामा उनीहरूले गुजारा चलाइरहेका छन्। कथित माथिल्लो जातका भनिने माइती पक्षको धम्कीका कारण उनीहरू विस्थापित भएका हुन्। […]
धनगढी, २६ जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुमको सोतीगाउँमा भएको नरसंहारको विरोधमा दलित अधिकारकर्मीहरुले धनगढीमा विशाल शक्ति प्रदर्शन गरेका छन् । कैलालीका दलित अधिकारकर्मीले पश्चिम रुकुम नरसंहारको बिरोधमा घटनाको निष्पक्ष छानविन गरी हत्यारामा संलग्नहरुलाई हदैसम्मको कारबाही मृतक परिवारलाई उचित क्षतिपुर्ति र घाईतेहरुको उपचारको माग गर्दै कैलालीको १३ वटै स्थानीय तहका २०० जनाले टिकापुरदेखी धनगढीसम्म […]
काठमाडौं : अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ। पछिल्लो तथ्यांक नुसार त्यहाँ २० लाख ७ हजार चार सय ४९ जना संक्रमित छन्। अमेरिकामा हालसम्म एक लाख १२ हजारको ज्यान गइसकेको छ। अमेरिकामा हालसम्म ७ लाख ६१ हजार ७ सय आठ जन संक्रमणबाट निको भएका छन्। त्यहाँ १९ हजार ९ सउ २३ जनाको अवस्था […]
दाङ : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको रिपोट पोजिटिभ देखिएकै अवस्थामा डिस्जार्च गरिएको हो। भने ५ जना नेगेटिभ रिपोर्ट आए पछि डिस्चार्ज भएका छन्। बाँकेको नरैनापुर गाउँपालिकाका ३ र बर्दियाका एक जना र दाङको एक जनाको रिपोर्ट नेगेटिभ आएको बेलझुण्डी कोरोना विषेश अस्पतालका मेसु डा सर्वेश शर्माले जानकारी दिए। […]
जेठ २६ काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। थाहाखबरबाट
नागरिक रैबार/ बाजुरा २५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले बैंक तथा वित्तिय संस्थाहरुलाई व्याज मिनाह गर्न माग गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै नेकपा बाजुराले उक्त माग गरेको हो । नेकपा बाजुराले कोरोना भाईरस कोभिड-१९ का कारण मुलुकको कहाली लाग्दो आर्थिक संकटले साना […]
नागरिक रैबार/बाजुरा २५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले रुकुम पश्चिममा घटेको घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । आईतबार जिल्ला प्रशासन कार्याल्य बाजुरा माफत प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेकपा बाजुराले रुकुम पश्चिममा भएको घटनाको छानविन गरि दोषिलाई कडा कारवाही गरिनु पर्ने माग राखेको हो । नेकपाले सवै प्रकारका सामाजिक […]
२५ जेठ, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन खुकुलो हुँदै गएको छ । सरकारले लकडाउन खुकुलो गर्ने निर्णय नगरे पनि सर्वसाधारण स्वतःस्फुर्त रुपमा घारबाहिर काममा निस्कन थालेका छन् । आइतबार काठमाडौंका सडकमा सवारी साधनको बाक्लो चाप थियो । सार्वजनिक सवारी साधन धेरै नचले पनि निजी गाडीहरु प्रशस्त […]
२५ जेठ, सुर्खेत । कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ […]
नागरिक रैबार/बाजुरा २५ जेठ । सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत बाजुरा जिल्लाको बडीमालिका नगरपालिका भित्रपर्ने बस्तीको सुरक्षा भन्दापनि पुराना बाटाघाटा निर्माणमा लाखौँको बजेट विनियोजन गरेको पाईएको छ । प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत वडीमालिका नगरपालिका वडा नं. ९ स्थित सनाईबाडाको पुरानो नापी कार्यालय हुँदै जिउलासम्म पुरानो मर्मतका लागि ५ […]