होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना लापरबाही : पोजिटिभ रिपोर्टमै घर पठाइयो
देश/प्रदेश

कोरोना लापरबाही : पोजिटिभ रिपोर्टमै घर पठाइयो

  • नागरिक रैबार
कोरोना लापरबाही : पोजिटिभ रिपोर्टमै घर पठाइयो

दाङ : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको रिपोट पोजिटिभ देखिएकै अवस्थामा डिस्जार्च गरिएको हो। भने ५ जना नेगेटिभ रिपोर्ट आए पछि  डिस्चार्ज भएका छन्।

बाँकेको नरैनापुर गाउँपालिकाका ३ र बर्दियाका एक जना र दाङको एक जनाको रिपोर्ट नेगेटिभ आएको बेलझुण्डी कोरोना विषेश अस्पतालका मेसु डा‍ सर्वेश शर्माले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार अस्पतालका १४ दिन भन्दा बढी बसेका र कुनैपनि लक्षण नदेखिए रिपोर्ट पोजिटिभ नै रहे पनि घर पढान सकने निर्देश भए अनुसार दाङका ५ जनालाई डिस्चार्ज गरिएको मेसु सर्वेस शर्माले जानकारी दिए।

विज्ञापन

मन्त्रालयले जेठ २० गते जारी गरेको निर्देशनमा आइसोलेनमा १४ दिनभन्दा बढी समय बस्दै आएका तर कुनै पनि लक्षण नभएका व्यक्तिलाई डिस्चार्ज गर्न निर्देशिका जारी गरेको छ।

कुनै लक्षण नभएका तर आइसोलेसनमा बसेका बिरामीबाट अरूमा कोरोनाभाइरस सर्न सक्दैन भन्ने मान्यता अनुरूप स्वास्थ्य मन्त्रालयले त्यस्तो निर्देशिका जारी गरेको शर्माले भने। कोरोना पोजिटिभ देखिएर पनि घर जानेहरुमा बाँके नरैनापुरका ३ जना, दाङको १ जना र बर्दियाको १ जना रहेका छन्।

अस्पतालबाट बाँकेका ५, बर्दियाका १, कपिलवस्तुका २ र दाङका २ जना आइतबार डिस्चार्ज भएको अस्पतालमा मेसु शर्माले बताए। दाङको घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका १/१ जना रहेका छन।

रिपोर्ट अनुसार डिस्चार्ज हुनेमध्ये दाङको घोराही उपमहानगरपालिका ३ का ३७ वर्षीय युवा कोरोनामुक्त छन्। गढवाका सक्रमणमै घर गउका छन्। उनीहरु सबै जना १४ देखि २१ दिन पहिले उपचारका लागि अस्पताल आएका थिए।

डिस्चार्ज गरिएका सबैका अस्पताल बस्दासम्म कुनै लक्षण नदेखिएका अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए। अब अस्पतालमा ५४ जना रहेका छन।

पोजिटिभ देखिएर घर पठाइएकाहरुको स्वास्थ्यमा कुनै समस्या भएमा अस्पताल आउने गरि व्यवस्था मिलाइएको छ।  अन्नपूर्णपोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार