होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रदेश १ मा थपिए २० जना कोरोना संक्रमित
देश/प्रदेश

प्रदेश १ मा थपिए २० जना कोरोना संक्रमित

  • नागरिक रैबार
प्रदेश १ मा थपिए २० जना कोरोना संक्रमित

२६ जेठ, विराटनगर । प्रदेश १ मा सोमबार २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७७ पुगेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार मोरङका तीन स्थानीय तहमा ९, झापाका तीन स्थानीय तहमा १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २/२ जना र धनपालथान गाउँपालिकामा एक महिलासहित ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

विज्ञापन

झापाको मेचीनगर नगरपालिकामा १, हल्दीबारी गाउँपालिकामा २, गौरीगञ्ज गाउँपालिकामा ७ जना र सुनसरीको कोसी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ का संक्रमितहरुको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार