होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३१ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले शनिबार बेलुकी पाँच वजे सार्वजनिक गरेको बिवरणअनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिकामा एक महिलासहित २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कञ्चनपुरको लालझाडीमा दुई महिलासहित १४ जना, कैलालीको चुरै गाउँपालिकामा पाँच पुरुष, […]
महानगरीय प्रहरी वृत्त कालिमाटीले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो काठमाडौँ महानगरपालिका-१४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अवस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन । उनीहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ […]
३१ जेठ, काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै […]
जेठ ३१, २०७७ काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रमा गुमेको नेपालको भूमि गणतन्त्रमा फिर्ता लिन लागिएको बताएका छन्। आजको संसदमा नेपालको संविधान दोस्रो संशोधन विद्येयकमाथि दफाबार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन। ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिँदै छौँ,’ उनले भने, ‘यो कडीको प्रक्रियाको लागि संविधान संशोधन गर्दैछौँ। म गर्वान्वित छु।’ उनले […]
धनगढी : सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड खर्चको विवरण सार्वजनिक गरेको छ। कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ। यसैगरी, सात वटा प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख ९९ हजार रुपैँया […]
काठमाडौं । पश्चिम रुकुमको सोती घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा घटनाका दोषिलाई कारवाही गरी मृतकहरुलाई सहिद घोषणा गर्न माग गरेको छ । धर्ना र प्रदर्शनपछि सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका वरिष्ठ नेता सिपी गजुरेलले सोती घटना विरुद्ध भइरहेको प्रदर्शन श्रद्धाञ्जली अर्पणमा मात्रै […]
काठमाडौं : शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
धनगढी : नेपालमा कोरोनाको त्रास सुरु हुनै लाग्दा सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री र प्रदेश सासंदको पारिश्रमिक बढेको खुलेको छ। कोरोना रोकथामका लागि लकडाउनको माग भईरहेका बेला फागुन २९ गते बसेको मन्त्रीपरिषद्का बैठकले पारिश्रमिक बढाएको खुलेको हो। गत फागुन २९ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकले ऐन संशोधन गर्दै मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नै सेवासुविधा बृद्धि गरेका हुन्। […]
जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट पूर्णरूपमा सञ्चालन भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए । अस्पतालका अनुसार बिहीबार पहिलो दिन ओपिडीमार्फत ३५ बिरामीले सेवा लिएका छन् । कोरोना पोजेटिभ देखिएका युवाको […]
कैलालीमा स्थानीय सरकारले सञ्चालन गरेका विकास योजना धमाधम निर्माण भइरहे पनि सङ्घीय सरकारबाट सञ्चालित विकास आयोजना कोरोनाको बहानामा ठप्प पारिएका छन् । लकडाउनकै बीच टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले चालू वर्षमा ७० प्रतिशत विकास योजना शुरुआत गरेर अन्तिम चरणमा छन् । स्थानीय तहले भौतिक संरचना निर्माणमा छुट्याइएका बजेट सबैजसो कार्यान्वयन गरेका छन् । उनीहरुले […]
२९ जेठ, काठमाडौं । लामो अन्योलपछि सरकारले अन्ततः यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा कोरोनाको त्रासका कारण अघिल्लो दिन स्थगित गरिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अब सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि […]
२९ जेठ, काठमाडौं । ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको छ । त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ । तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई […]
काठमाडौँ, २९ जेठ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा गत जेठ १० गते भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको ठहर गरेको छ । सङ्घको आयोजनामा एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन अनुसार घटना सुनियोजित तरिकाले षड्यन्त्रमूलक ढङ्गबाट भएकोले गहन तरिकाले अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ । सदस्यहरु अधिवक्ता बद्रीप्रसाद […]
बाजुरा : बाजुरामा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । धुरालसैन मावि क्वारेन्टाइनमा बसेका मध्ये १७ जना र १ जना त्रिवेणी नगरपालिकाका गरि १८ जना कोरोना संक्रमित थपिएका हुन् । स्वाब संकलन गरि जेष्ठ १९ गते पठाइएको थियो । नमुना जाँचका लागि स्वाब पठाएको ११ दिन पछि धनगढी प्रयोगशालाबाट रिपोट आएको हो । पीसिआर जाँचमा […]
२९ जेठ, काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय […]
काठमाडौँ – पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् । सबिनलाई […]
नागरिक रैबार/बाजुरा २९ जेठ। बडीमालिका नगरपालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रममा वडा भित्रका ३५ जनाले जना युुवाले २० दिनको रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका ९ का लागि यसवर्ष ५ लाख २५ हजार रकम बराबको बजेट आएको बताईएको छ । विहिबार एक कार्यक्रमका वीच ९ का वडा […]
राजेन्द्र बहादुर रोकाया/ बाजुरा २८ जेठ। बिश्वमा यतिबेला कोरोना भाईरस कोभिड १९ ले जनतालाई त्रासमा पारीरहेको छ । शोही क्रममा अहिले देशका नागरीकहरु बिदेशबाट स्वदेश भित्रिनेको संख्या बड्दो छ । अहिले बिभिन्न पालिकाले देश तथा जिल्ला बाहीरबाट आएका स्थानीहरुलाई १४ दिन अनिवार्य स्थानी पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय छ । कतिपय पालिकाहरुलाई यतिखेर क्वारेन्टाएनको खर्च […]
२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ […]
२८ जेठ, सुर्खेत । कर्णालीमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख […]